सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बझाङमा पहिरोमा परि २३ जना बेपत्ता

२०७८ कार्तिक २ मंगलबार

बझाङ –

Sana Kishan

बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । जिल्लाको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा मंगलबार पहिरो जादा २३ जना बेपत्ता भएका हुन । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन् ।

 

World Link Ads
Health Notice Kanchanpur

तल्लो डिख्ला र माथिल्लो डिख्ला गाँउका स्थानिय विस्थापित भई त्रिभुवन मा.वि महेन्द्रधारमा बसिरहेका छन् । गाँउ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ती मा.वि पाराकाट्नेका शिक्षक मदन बहादुर साउँदले बताए ।

 

बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए । यस्तै गाँउभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाँउका ७ घर पुरिएका छन् ।radiosudursanchar बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.