सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर र कैलालीमा धानबाली खेतमै कुहियो ,रोकिएन अविरल बर्षा जनजीवन प्रभावित  

२ कार्तिक २०७८

कञ्चनपुर, कार्तिक २, आईतबार देखि परेको अविरल वर्षाका कारण जनजिवन प्रभावित बनेको छ । पानीले काटेर राखेको धानबाली नष्ट पारेको छ धेरै ठाउँमा डुबान भइरहेको छ । महाकाली नदिमा निर्माण भइरहेको भाइरल रोड नदिले बगाएको छ ।

दोदा नदिमा पनि पानी बस्तिमा पस्ने खतरा बढेको छ। महाकाली नदिमाले बह्मदेवको बाध नागेको छ स्थानिय र प्रहरी स्थानिय सरकार को पहलमा बाध जोगाउन जेसिवि लगाएको पत्रकार कृष्ण बहादुर नेपालीले जानकारी दिनुभयो। त्यस्तै महाकाली नदिको बहाव महाकाली नगरपालिकाको कुतिया कभरमा पनि बढेको छ।

World Link Ads
Health Notice Kanchanpur
Sana Kishan

 

पानीले किसानको ठुलो जनधनको क्षेति भएको छ । कञ्चनपुरको बिभिन्न स्थानमा धानबाली पानीले बगाएर नष्ट बनाएको छ । शुक्लाफाँटा नगरपालिका वार्ड नं १ का किसान सिव दत्त अवस्थीले भने पानीले धानको बीउ समेत जोगाउन सकेन के खाने चिन्ता भएको छ । स्थानीय प्रदेश सरकार र केन्दिय सरकार संग क्षेतिपुर्तिको उचित व्यवस्थापन गरिदुन अनुरोध गर्दछु उन्ले भने स्थानीय सरकार लाइ क्षेतिको वितरण एकिन गर्न अनुगमन गरिदिन अनुरोध गर्दछु। बन्शाहमा काटेको धान पानीले बगाएर नष्ट बनाएको बताए। त्यस्तै कैलाली र कञ्चनपुर मा अधिकांश ठाउँमा डुबान भइरहेको छ यस बर्ष कञ्चनपुर कैलाली मा धान ढिला पाकेको हुँदा धेरै किसान परिवारमा धानबाली नष्ट पारेको छ।हाम्रो कालापानी खबर  बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.