सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महाकालीको बाढीले घेरेपछि बीचमा फसे ५ जना,

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टीमा महाकाली नदीमा आएको बाढीका कारण बीचमा पाँच जना फसेका छन्।

आइतबार बेलुकादेखिको अविरल वर्षाले महाकाली नदीमा पानीको बहाब बढेपछि नदी किनारमा कुखुरा पालन गरिरहेका मसेट्टीका पाँच जना घेरिएका हुन्।

स्थानीयका अनुसार कुखुराको खोर रहेको स्थानको पूर्वतर्फबाट नदी बग्न थालेपछि उनीहरू निस्किन नपाएका हुन्।

World Link Ads
Mahakali Polytechnic

प्रहरीका अनुसार स्थानीय ३५ वर्षीय पुष्कर नायक, ४५ वर्षीया दीर्घमती खड्का, ३२ वर्षीया शान्ति नायक, ९ वर्षीय अशोक नायक, ५ वर्षीय अजय नायक महाकालीको बाढीले बिलखबन्दमा परेका हुन्।

Sana Kishan

उनीहरुको उद्धारका लागि बीओपी खल्ला र ब्रह्मदेव प्रहरी चौकीबाट सुरक्षाकर्मीको उद्धार टोली गएको छ।

‘हिजो राति कुखुरा खोर कुर्न गएका थिए। महाकालीको बाढी खोरतिर पसेपछि नदीमा फसेका भन्ने खबर आएको छ’, उद्धारका लागि त्यसतर्फ गइरहेका एक सुरक्षाकर्मीले  भने, ‘उहाँहरु रुखमा बसेको जानकारी आएको छ। हामी उद्धारको लागि त्यसतर्फ गइरहेक
ा छौँ।’

बाटोमा अवरोध हुँदा उद्धार टोली उनीहरु फसेको ठाउँसम्म पुग्न सकेका छैनन्।

‘त्यहाँ पुग्दा हामीले मसेट्टी र टुँडीखेलबीचको काली खोला तर्नुपर्ने हुन्छ। पानीको बहाब बढी हुनाले तर्न सकिरहेका छैनौँ’, ती सुरक्षाकर्मीले भने।सारस

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.