सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बिहान उठ्ने बित्तिकै खालि पेटमा १ पोटी लसून खानुहोस्, हुनेछन चमत्कारिक फाईदा!!

दिनदिनै बिहान खाली पेट लसूनको एक पोटी खाँदा विभिन्न रोगको उपचारमा सहायता पुग्छ ।लसूनमा एलिसिन जस्ता पोषक तत्त्वहरू हुन्छन् । यिनले स्वास्थ्यसम्बन्धी धेरै समस्याहरूबाट बचाउँछन् ।भारतको राजस्थान आयुर्वेदिक विश्वविद्यालयका सहायक प्राध्यापक डा अरुण दधीचका अनुसार पुरुषहरूका लागि लसून सेवनका सात फाइदा यी हुन् ?

लसूनमा भएको सेलेनियमले निःसन्तान समस्यालाई हटाउँछ।यसमा भएको एन्टीब्याक्टेरियल तत्त्वका कारण सास गनाउने समस्या भाग्छ । अनि महिलाहरू पुरुषप्रति आकर्षित हुन्छन् ।लसूनमा भएको प्रोटीनले शरीरको मांसपेशी दह्रो हुन्छ ।यसमा भएको कार्बोहाइड्रेट्सले कमजोरी हटाउँछ र स्फुर्ति दिन्छ ।

यसमा भएको क्याल्सियमले हाड बलियो बनाउँछ ।यसमा भएको एलिसिनले बोसो डढाउने प्रक्रियालाई तीव्र बनाउँछ । यसो हुँदा तौल नियन्त्रणमा रहन्छ ।यसमा भएको फाइबरले कब्जियत लगायतका समस्याहरू दूर हुन्छन्

World Link Ads
Mahakali Polytechnic

थप् समाचार ः पटक–पटक सांसद भएर पनि रामसहाय प्रसाद यादव मन्त्री बन्न पाएका थिएनन् । मधेश केन्द्रित राजनीतिमा लागेर कुनै दलको पदाधिकारी भएकामध्ये मन्त्री बन्ने अवसर नपाउने अपवाद थिए रामसहाय यादव ।

असोज २२ गते भएको मन्त्रिपरिषद् विस्तारमा यादवले पहिलो पटक मन्त्री बन्ने सौभाग्य पाए । जनता समाजवादी पार्टी (जसपा) नेपालको महासचिव समेत रहेका यादवले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाए ।

Sana Kishan

मन्त्री बनेको १ हप्तापछि बिहीवार मन्त्री यादव बारा जिल्लामा रहेको आफ्नो जन्म घरमा पुगे । प्रायः राजनीतिक दलका नेताका परिवार नेतासँगै राजधानी मै आलिसान महलमा बस्छन् । मन्त्री यादवकी धर्मपत्नी भने गाउँ मै बस्छिन् ।

बिहीवार मन्त्री यादव सरकारी सुरक्षाकर्मी र पार्टीका कार्यकर्तासहित गाउँ पुग्दा पत्नी चम्पादेवी गाउँमा साधारण भेषमा उपस्थित थिइन् । मन्त्री यादवलाई चम्पादेवीले दोसल्ला र माला लगाएर स्वागत गरिन् । मन्त्री यादवले पनि पत्नीलाई दोसल्ला जस्तै सल ओढाएर माला लगाइदिए ।

यो दृष्यले त्यहाँको वातावरण भावुक बनेको त्यहाँ उपस्थित जसपाका कार्यकर्ताले बताएका छन् । मन्त्री यादवले बुधवार बाराको बरियारपुरस्थित गढीमाई मन्दिरमा गएर पूजा गरेका थिए । यादव पहिलो संविधान सभामा बारबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

राजनी तिमा उनी सादगी नेताको रूपमा परिचित छन् । अधिकांश नेताहरूले राजधानी काठमाडौं र तराईकै शहरमा घर जोडेको भए पनि मन्त्री पत्नी अहिलेसम्म गाउँमै छिन् । सक्रिय राजनीतिमा आउनुपूर्व यादव शिक्षक थिए ।

 

(gnewsnepal.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.