सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य अधुरै, भारतसँग ३–० गोल अन्तरले पराजित !!

साफ च्याम्पियनसिप फुटबलको १३ औँ संस्करणको उपाधि भारतले जितेको छ । माल्दिभ्सको राष्ट्रिय रङ्गशालामा शनिबार राति भएको खेलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भएको हो ।

 

खेलको पहिलो हाफ गोलरहित बराबरी रहेको थियो । भारतले पहिलो हाफलगत्तै दुई मिनेटको अन्तरमा दुई गोल गरेको थियो भने खेलको अन्तिम विन्दुमा पुग्दा अर्को गोल गरेर तीन गोलको अग्रता लियो । खेलको ४८औँ मिनेटमा भारतीय टोलीकाकप्तान सुनिल क्षेत्री र ५०औँ मिनेटमा सुरेश सिंहले गोल गरे भने ८९ मिनेटमा सहाद अब्दुलले गोल गरे ।

 

यसअघि साफको फाइनलमा पुग्न नसकेको नेपालले यसपटकको साफमा फाइनल पुगेर इतिहास बनाएको थियो । तर उपाधि जितेर अर्को इतिहास बनाउन भने नेपाल चुकेको हो । सन् २०१३ मा नेपालमा भएको साफमा नेपालले भारतलाई २–१ ले पराजित गरेको थियो । त्यसयता भारतविरुद्ध खेलेका ९ मध्ये नेपाल ७ खेलमा पराजित भएको छ भने २ खेल बराबरीमा सकिएका छन् ।

 

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

थप समाचार :

Dirghayu Ads

मुसा भाइरसजन्य सङ्क्रमण रोग भएकोले मुसायुक्त भागबाट निस्कने रगत शरीरका अन्य भागमा लाग्न दिनु हुँदैन नत्र मुसा अन्यत्र पनि उम्रिने गर्छ । मुसा आएका मान्छेले प्रयोग गरिएको सामानबाट पनि यो रोग सजिलै फैलिने हुँदा तिनीहरुबाट टाढा रहनुपर्छ । जुन व्यक्तिलाई मुसा आएको हो उसले पनि सतर्कता अपनाउनुपर्छ । मुसा आएमा कोट्याउने, चिमोट्ने गर्नु हुँदैन । यसो गर्दा बढी फैलने गर्छ । यसको समाधानको लागि मुसामाथि आलु वा अदुवाले रगड्ने ।

 

२। निम र सफा माटो पानीमा पकाई सेलाएपछि मुसामा लगाउने र एक घण्टापछि पखाल्नुपर्छ ।३। यदि हात खुट्टामा मुसा आएको छ भने हल्कासँग कोट्याएर पानीमा राख्ने चुना थोरै राखेर छोप्ने वा दिनमा ५र६ पटकसम्म आलु वा अदुवाको काँचो टुक्रालाई लिएर रगड्ने र वार्टपेन्ट नामक औषधी दिन बिराएर लगाउने त्यसपछि दिन बिराएर तातो र चिसो पानीले सेक्ने गरेमा मुसा हराएर जान्छ ।

 

 

(gnewsnepal.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.