सवारी दुर्घटनाबाट घाइते भएकाहरुको सरकारले निः शुल्क उपचार गर्ने

Sana Kishan
Total
22
Shares

दशैको मुखमा देशका बिभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरुको निः शुल्क उपचार गरिने भएको छ । सरकारले सार्वजनिक सवारी दुर्घटनाबाट घाइते भएकाहरुको निः शुल्क उपचार गर्ने भएको हो ।

Arus

कास्की, मुगु लगायतका स्थानमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरुको निस्शुल्क उपचार गराउने गृह मन्त्रालयले बुधबार विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘सार्वजनिक सवारी दुर्घटनामा घाइते हुनेहरुको निः शुल्क उपचारको व्यवस्था नेपाल सरकारले मिलाउने जानकारी गराइन्छ’ जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुको अन्त्येष्टि तथा किरियाखर्च साथै मृतकका परिवारलाई उचित राहतको व्यवस्था गरिने समेत मन्त्रालयले जनाएको छ ।

Indreni

(गोदावरी न्युजबाट साभार)

Total
22
Shares
सम्वन्धित समाचार
Total
22
Share