सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुला तुइन प्रकरणमा भारतीय पक्षले सम्बोधन गर्ने !!

काठमाडौँ — भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा महाकाली नदीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनामा भारतीय पक्षले अनुसन्धान गर्ने र त्यसको रिपोर्टको आधारमा नेपाली पक्षको चासो सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

पाँच दिनको भारत भ्रमण सकेर सोमबार साँझ नेपाल फर्किएका पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस सहमहामन्त्री प्रकासशरण महत नेतृत्वको टोलीसँग सत्तारुढ भारतीय जनता पार्टीका पदाधिकारी र सरकारका प्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएको महतले बताए ।

‘तुइन प्रकरणलाई सामान्य घटनाका रुपमा निलिइयोस्, हेर्दा सामान्य लागे पनि यो नेपाली जनताको भावनासँग जोडिएको विषय हो । तल्ला निकायबाट गल्ती हुन्छन् । त्यस्ता गल्तीलाई स्वीकारेर भविष्यमा यस्ता घटना दोहोरिन दिन्नौँ भन्दा भारतको महानता नै बढ्छ’ भारतीय विदेशमन्त्री र सत्तारुढ दलका अध्यक्षसहित पदाधिकारीसँगका भेटवार्ताबारे आफूले राखेको अडान उल्लेख गर्दै महतले कान्तिपुरसँग भने, ‘हामी सडकमा आक्रोश पोख्दैनौँ । हामीले भन्ने ठाउँ यहीँ हो । विना हिच्किचावट कुरा राख्छौँ भनेर मैले तुइन प्रकरणदेखि महाकाली र लिप्यियाधुरा अतिक्रमणको विषयसमेतमा हाम्रो धारणा प्रष्ट राखेँ । भारतीय पक्षले हामीले उठाएका सबै विषयलाई सकारात्मक रुपमा लिएका छन् ।’

World Link Ads
Mahakali Polytechnic

महतका अनुसार तुइन प्रकरणमा भारतले नेपालले पठाएको कुटनीतिक नोटको अध्ययन गर्ने र आफ्नो पक्षबाट अनुसन्धनान गरी नेपाली पक्षको चासो सम्बोधन गर्न तयार भएको बचन दिएको छ ।

गत साउन १५ गते भारतीय सशस्त्र बल एसएसबीले तुइनको तार काटिदिँदा नेपाली युवा धामी नदीमा खसेर बेपत्ता छन् । यस विषयमा छानबिन गर्न नेपाल सरकारले गठन गरेको समितिले एसएसबीलाई दोषी देखाउँदै कारवाहीको सिफारिस गरेको थियो । समितिको रिपोर्ट आएको लामो समयपछि सरकारले भारतस्थित नेपाली दूतावासमार्फत् कुटनीति नोट पठाएको थियो ।

Sana Kishan

महतले लामो समयदेखि अवरुद्ध बनेको सीमा सम्बन्धी विवादको निकास खोज्ने विषयमा पनि दुई पक्षबीच वार्ताको माहोल बन्दैगएको बताए । ‘नेपालसँगको सम्बन्ध कुनै एक क्षेत्रमा सीमित छैन । बहुआयामिक छ । समस्या पनि त्यतिकै छन् । सबै समस्याको निकास खोज्ने भनेको वार्ता नै हो । कालापानी र लिप्पियाधुराको भूभाग अतिक्रमणको विषयमा वार्ताबाट निकास खोज्नुपर्छ भन्नेमा भारत तयार भएको छ’ महतले भने, ‘विगतको सरकारले नक्सा मात्रै जारी ग¥यो । तर, नेपाली भूभाग फिर्ता ल्याउने विषयमा एकपटक पनि कुराकानी गरेनन् । हामीले प्रष्टसँग हाम्रा चासाका विषय राखेका छौँ । संवादहीनताको अवस्था अन्त्य भएको छ । यो संवादलाई वार्तामा परिणत गर्न चाहेका छौँ ।’

शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि कांग्रेसले पहिलोपटक भारतसँग चिसिएको सम्बन्ध सुधार गर्ने पहल थालेको हो । गत भदौ पहिलो साता भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले भ्रमण गरेको डेढ महिनामा महतको नेतृत्वमा पार्टीका केन्द्रीय सदस्य अजय चौरसिया र उदयसमशेर राणा सहभागी थिए । महतले भ्रमणको मुख्य उद्देश्य ‘पार्टी टु पार्टी’ सम्बन्ध विस्तार गर्ने भए पनि दुवै देशका सत्तारुढ दलका नेताहरुको संवादमा सरकारको विषय, प्रधानमन्त्रीको भारत भ्रमण र नेपालको पछिल्लो राजनीतिक परिस्थितिका बारेमा पनि छलफल भएको बताए । दुई देशले तयारी पूरा गरेपछि प्रधानमन्त्रीको भारत भ्रमण पनि हुने महतले बताएका छन् ।

‘अहिले प्रधानमन्त्रीको भारत भ्रमणका लागि हामीले पनि हतार नगरेका हौँ । सरकार भर्खरै बनेको थियो । मन्त्रिपरिषद् विस्तार भएको थिएन । भर्खरै सरकारले आकार लिएको छ । अब सरकारी तहबाट पनि छलफल हुन्छ । कुन मितिमा हुन्छ भनेर भन्न सकिन्न, तर अब ढिलाइ हुन्न ।’

भारतले नेपालको राष्ट्रियता बलियो हुँदा भारतका लागि पनि राम्रो हुने तर्क भारतीय पक्षले गरेको बताए । ‘नेपाल बलियो हुँदा भारतको लागि पनि हित हुन्छ, हामी चाहन्छौं नेपालको राष्ट्रियता बलियो होस्’ उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भनाइ उद्धृत गर्दै महतले भने, ‘हामीले राख्नुपर्ने सबै मुद्दा राख्यौँ । भारतले हाम्रो चासोलाई महत्वका साथ हेरेको छ ।’ भ्रमणका क्रममा विदेशमन्त्री एस जयशंकरले नेपालले खरिद गरेको मात्राबाहेक नेपाललाई थप कोभिड–१९ विरुद्धको कोभिसील्ड खोप उपलब्ध गराउने बचनसमेत दिएको बताए ।

 

(ekantipur.com बाट साभार) 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.