
जात्रा तथा चाँडपर्व मनाउँदा स्वास्थ्यका मापदण्ड अपनाउन बैतडी प्रशासनको आग्रह !!
सुचना सहित हेर्नुहोस् ।

बैतडी –दशैंको समयमा चाडपर्व, मेला तथा जात्रा मनाउँदा स्वास्थ्यका मापदण्ड अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अपनाउन पनि आग्रह गरेको छ ।
यस्तै निङ्गलाशैनी भगवती मन्दिरमा महाष्टमीको दिन हुने मेलालाई व्यवस्थित बनाउन पनि प्रशासनले आग्रह गरेको छ । पशुबलि दिँदा निश्चित स्थानमा तोकेर व्यवस्थापन गर्न प्रशासनले आग्रह गरेको हो ।


यस्तै पशुबलि दिने बेला भागदौड मच्चिन सक्ने भएकाले यो तर्फ सचेत रहन समेत प्रशासनले भनेको छ । यस्तै मेलापर्वमा मादक पदार्थ सेवन गरेर अवाञ्चिछत कृयाकलाप गरेको पाइएमा, शान्ति सुरक्षामा खलल पार्ने कार्य गरेको पाइएमा कानुन अनुसार कारवाही हुने निमित्ति प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

(सगुन खबरबाट साभार)
