सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतसँग नेपाल १–० ले पराजित !!

जारी साफ च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको छ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशलामा आइतबार राति भएको खेलमा नेपाल पराजित भएको हो।

पराजित भएसँगै लगातार दुई खेल जितेको नेपालको फाइनल यात्रा कठिन भएको छ। पाँच टोली माब सहभागी भएको च्याम्पियनसिप सिङ्ग राउन्डरोबिनमा खेलाइएको छ। राउन्ड रोबिनमा शीर्ष दुई टोली फाइनल भिड्नेछन्।

खेलको पहिलो हाफ गोलरहित सकिएको थियो। अन्तिम ८ मिनेट नेपालले रोक्न नसक्दा गोल हुन पुगेको हो। भारतलाई जिताउने कप्तान सुनिल क्षेत्रीले खेलको ८२औँ मिनेटमा गोल गरेका थिए। उनले फरुख चौधरीको हेड पासको सदूपयोग गर्दै गोल गरेका हुन्।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यो जितसँगै समान तीन खेल खेलेको भारतको ५ अंक भएको छ भने नेपालले ६ अंक जोडेको छ।

Dirghayu Ads

फाइनल पुग्न नेपालले अब बुधबार हुने खेलमा बंगलादेशलाई कम्तिमा बराबरीमा रोक्नुपर्नेछ। नेपाल र बंगलादेशको खेल बराबरी भएमा भारत र माल्दिभ्सले बढीमा १–१ गोलको बराबरी वा स्पष्ट हारजितको नतिजा निकाले नेपाल फाइनलमा पुग्नेछ।

 

(अन्नपूर्णपोस्ट बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.