सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको डिलाशैनीमा तेस्रो बृहत खुला सांस्कृतिक महोत्सव लाग्ने !!

बैतडी– जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ४ नुवाकोटमा तेस्रो बृहत खुला सांस्कृतिक महोत्सव लाग्ने भएकोल छ । अग्रेता सांस्कृतिक युवा क्लबको आयोजनामा तिहारको उपलक्ष्यमा महोत्सवको आयोजना गरिएको हो ।

“सुन्दर सुदुरपश्चिमको मुहान, कला, संस्कृति र सम्पदाको पहिचान” भन्ने नाराका साथ क्लबले प्रत्येक बर्ष महोत्सबको आयोजना गर्दै आएकोमा यो बर्ष पनी कार्तिक १५ गतेदेखि १९ गतेसम्म महोत्सबको आयोजना गरिएको अग्रेता सांस्कृतिक युवा क्लबका अध्यक्ष पदम बहादुर बिष्टले जानकारी दिनुभएको छ । घटाल माबिको प्रांगणमा महोत्सबको आयोजना गर्ने तयारी भईरहेको बिष्टले बताउनुभयो ।

Sana Kishan

क्लबले स्थानिय भाषा, कला, संस्कृति, भेषभुषाको संरक्षण, संबद्र्धन तथा तिहारलाई उल्लासमय बनाउन महोत्सबको आयोजना गर्दै आएको छ । सुदुरपश्चिम प्रदेश सभा सदस्य प्रेम प्रकाश भट्ट (आदित्य) को प्रमुख आतिथ्यता रहने उक्त महोत्सबमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बजोड प्रस्तुती रहने छ ।

 

World Link Ads
Mahakali Polytechnic

( रेडियो बैतडीबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.