सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

दाहालले भने अब संसद्बाट नागरिकता विधेयक पास हुन्छ !!

96
Sana Kishan

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नागरिकताविहीन मधेसी नागरिकको समस्या केही हप्तामा नै समाधान हुने बताएका छन् । आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा संसद्मा दर्ता गराएको नागरिकता विधेयक एमालेका अध्यक्ष केपी ओलीको कारण रोकिएको आरोप लगाउँदै अब संसद्बाट नागरिकता विधेयक पास हुने बताए ।

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा बोल्दै दाहालले यस्तो बताएका हुन् ।

Arus
Karnali Traders

हिन्दीमा भाषण गरेका पूर्वप्रधानमन्त्री रहेका दाहालले मधेससँग आफ्नो पुरानो प्रेम रहेकाले मधेमा विद्यमान नागरिकता र भूमिहीन समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । एमाले अध्यक्ष केपी ओलीको कारण रोकिएका विधेयक, विकास निर्माणका काम वर्तमान गठबन्धनको सरकारले पूरा गर्ने उनको भनाइ थियो ।

Nepali Khaja

वर्तमान सरकारले चुनाव अगाडि नै भूमिहीन र सुकुम्बासीले जग्गा प्राप्त गर्ने भन्दै वर्तमान गठबन्धनको सरकारले जनचाहनाअनुसार काम गर्ने बताए । पाल्हिनन्दन गाउँपालिकाले १० करोडको लागतमा सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरेको छ ।

 

(ekantipur.com बाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

51  +    =  56