सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

धर्म शास्त्र अनुसार किन गर्नु हुँदैन सह गोत्रीसँग विवाह !!

194
Sana Kishan

हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वाज ऋषिको कुलमा जन्मेको हो ।

विवाहमा गोत्रविचार अत्यन्त महत्वपूर्ण कुरा हो । वेदपुराणहरूमा उल्लेख हुने सप्तऋषिका सन्तान नै उक्त गोत्रधारी हुन् । विश्वामित्र, जमदग्नि, भरद्वाज, गौतम, अत्रि, वशिष्ठ र कश्यप सप्तऋषि हुन् । यसमा अगस्त्य ऋषिको नाम पछि जोडिन आउँछ । यिनै ऋषिका सन्तान दरसन्तान हामी हौं । दुई व्यक्तिको गोत्र एकै छ भने त्यसको अर्थ उनीहरू एउटै कुलमा जन्मेका हुन् । यसरी उनीहको पारिवारिक सम्बन्ध हुन्छ ।

Arus

हिन्दू धर्ममा एकै परिवारका मानिसलाई विवाहको अनुमति छैन । एकै कुल र गोत्रमा विवाह गर्ने मानिसको बुद्धि भ्रष्ट हुने र तिनका सन्तान पनि चण्डाल हुने मान्यता छ ।

Nepali Khaja

मनुस्मृतिमा लेखिएअनुसार सत्पुरुष वा विद्वान् नभएको कुल र क्षयरोग, मिर्गीरोग तथा कुष्ठरोग लागेको कुलमा आफ्नो सन्तानलाई बिहे गराउनु हुँदैन । जानीबुझी एउटै गोत्रकी केटीलाई बिहे गरेमा केटो जातिभ्रष्ट हुन्छ । एकै गोत्रका स्त्री पुरुष भाइबहिनी हुन्, उनीहरूका बीच विवाह हुनु हाडनाता करणी हो ।

कुन गोत्रको सँग विवाह गर्ने भन्ने विषयमा फरक मान्यता छन् । हिन्दू धर्मका अनुसार मानिसले तीन गोत्र छोडेर विवाह गर्नुपर्छ ः आफ्नै गोत्र, आमाको गोत्र र हजुरआमाको गोत्र । कोहीकोही चाहिँ मावलको हजुरआमाको गोत्रमा पनि विवाह गर्नु हुँदैन भन्छन् ।

सहगोत्रीसँग विवाह गर्नु नहुने कुरा विज्ञानले पनि मानेको छ । एउटै कुल वा गोत्रमा विवाह गर्ने दम्पतीको सन्तानमा आनुवंशिक दोष हुन्छ र उनीहरूमा एकैखाले विचारधारा हुन्छ । केही नयाँपन हुन्न तिनीहरूको ।

महान् सन्त ओशोले पनि विवाह जति टाढाको गोत्रसँग हुन सक्यो त्यति राम्रो हुने बताउनुभएको छ । यस्ता दम्पतीको सन्तान गुणी र प्रभावशाली हुन्छन् ।

यो पनि पढ्नुहोस् ःमृ,त्युको मुखमा पुगेकी सुत्केरीले पाइन् नयाँ जीवन !!ःमाघ २९ गते बिहीबार राति ९ः२९ मा सुत्केरी भएकी म्याग्दीको धवलागिरि गाउँपालिका–५, मल्कवाङकी मनकुमारी विश्वकर्माको समयमै साल निस्किएन । चिकित्सकका अनुसार सामान्यतया बच्चा जन्मिएको १० देखि ३० मिनेटभित्र निस्कनुपर्छ । साल अड्किनुका साथै उनलाई रत्तस्राव पनि भइरहेको थियो ।

अड्किएको साल र रक्तस्रावले मनकुमारी विक्षिप्त थिइन् ।२५ वर्षीया विक सुत्केरी भएको मल्कवाङ स्वास्थ्यचौकीबाट राति १ः०० बजे स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साललाई समस्याको जानकारी भयो । लम्सालले तत्कालै मालिका गाउँपालिकाको केन्द्रमा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख चिकित्सक प्रशान्तसागर यादवलाई फोन गरेर मल्कवाङ जान आग्रह गरे ।

Karnali Traders

चिकित्सक र स्वास्थ्यकर्मी तयार भए । तर, राति भएकाले सवारी–साधन पाएनन् । केन्द्रमा सवारी–साधनको सुविधा छैन । धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले मालिकाका उपाध्यक्ष खरमाया बिटालुसँग समन्वय गरेर तत्कालै गाडीको व्यवस्थापन गरिदिइन् ।

बीच बाटोमा पर्ने मराङमा मर्मत भइरहेको सडक अवरुद्ध थियो । अध्यक्ष पुनले राति नै मराङका वडाध्यक्ष राजाराम सुवेदी र स्थानीय युवा ईश्वर सुवेदीलाई फोन गरेर राति नै सडक अवरोध हटाउन लगाइन् । मल्कवाङ स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले १०ः०० बजे नै सिफारिस गरे पनि मनकुमारीका श्रीमान् र परिवारका सदस्यले सामान्य रूपमा लिएर धामीझाँक्री गर्नतर्फ लागेका थिए ।

स्वास्थ्यचौकीका प्रमुख लेखनाथ गौतम र स्वास्थ्यकर्मी जगदेवी छन्त्यालले सम्झाइबुझाइ गरेपछि उनीहरु मनकुमारीलाई दरवाङ लैजान तयार भए ।मनकुमारीलाई मल्कवाङबाट मराङ स्वास्थ्यचौकीमा ल्याउने र चिकित्सक पनि दरवाङबाट मराङ पुग्ने योजना बनाएर दुवै टोली गाडीमा हुइँकिए । बिहान साढे ४ बजे मराङ स्वास्थ्यचौकीमा मनकुमारी र दरवाङबाट गएको स्वास्थ्यकर्मीको टोलीको भेट भयो ।

बाटोमा जहाँ भेट हुन्छ, त्यहीँ उपचार गर्ने योजनासहित औजार, उपकरण तयार पारेर हिँडेका थियौँ । हामीले भेट्दा उहाँको अवस्था ठिक थिएन,’’ चिकित्सक यादवले भने, ‘‘बिहान ५ः२७ मा अड्किएको साल निकालेर औषधि दिएपछि उहाँको स्वास्थ्यमा सुधार आयो ।’’

यादवको साथमा अनमी भीमा पुन, दीपा परियार र कार्यालय सहयोगी सम्मप्रसाद सुवेदीको टोली मनकुमारीको उपचारमा खटिएको थियो । शुक्रबार बिहान ७ः०० बजे मनकुमारीलाई दरवाङ ल्याइएको थियो । स्वास्थ्यमा सुधार आएपछि शुक्रबार साँझ नै सिफारिस गरिएको अहेव यमन नेपालीले बताए ।

आमा र बच्चाको अवस्था खतरामुक्त र सामान्य छ । मनकुमारीले नयाँ जीवन पाएको प्रतिक्रिया दिएकी छन् । ‘‘आठ घण्टासम्म छटपटी र पीडा भयो,’’ उनले भनिन्, ‘‘मैले नयाँ जीवन पाएको महसुस गरेकी छु ।’’ बिहीबार उनले जन्माएको बच्चा पाँचौँ सन्तान हुन् ।

यसअघि, उनले जन्माएका चारमध्ये दुई मात्र जीवित छन् । गत वर्ष प्रसूति केन्द्र स्थापना भए पनि त्यहाँ प्रसूति गराउने तालिमप्राप्त स्वास्थ्यकर्मी नभएका कारण अड्किएको साल निकाल्न नसकिएको हो । गर्भ रहेको नौ महिनामा उनले सामान्य हिसाबले नै बच्चा जन्माएकी थिइन् ।

साल ननिस्कने समस्यालाई चिकित्सकीय भाषामा ‘रिटेन्ड पेलेसेन्ट’ र रक्तस्रावलाई ‘पोस्ट पार्टयुम होमोरेन्ज’ भनिन्छ । अड्किएको सालले पाठेघरमा इन्फेक्सन गर्ने, रगत जम्ने, सास फेर्न गाह्रो हुने र अन्त्यमा ज्यानै जानसक्ने खतरा हुन्छ । जुन खतरापूर्ण अवस्थालाई मनकुमारीले जितेर नयाँ जीवन पाएकी हुन् ।

मल्कवाङ स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई प्रसूति तालिमको व्यवस्थाका साथै मातृशिशु स्वास्थ्यका विषयमा सचेतनामूलक कार्यक्रम चलाउने गाउँपालिकाका अध्यक्ष पुनले बताइन् ।

 

(gnewsnepal.com बाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

8  +  2  =