सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको शिवनाथ गाउँपालिकामा खुल्ला क्रिकेट प्रतियोगिता सुरु : ८ टिम सहभागी !!

बैतडी – जिल्लाको शिवनाथ गाउँपालिकामा खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ । शुक्र कमलि निर्माण सेवा प्रालिको आयोजनामा पालिकाको सुल्लेखानमा शुक्रबारबाट क्रिकेट प्रतियोगिता सुरु भएको शिक्षक दिपेन्द्र चाँडले जानकारी दिनुभयो ।

पालिकाको वडा नं ३ घरभएका शुक्र कमलि निर्माण सेवा प्रालिका सञ्चालक एवँ युवा समाजसेवि नरेन्द्र साउदको सहयोगमा क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको उहाँले बताउनुभयो । खेलको उद्घाटन गाउँपालिकाका अध्यक्ष कर्ण सिहँ साउदले गरेका हुन् । दक्ष खेलाडी उत्पादन गरि क्रिकेट क्षेत्रको विकास गर्न खेलको आयोजना गरिएको युवा समाजसेवि साउदको भनाइ छ । खेलमा ८ ओटा टिमको सहभागिता रहेको बताइएको छ ।

Sana Kishan

प्रथम हुने टिमले २२ हजार , प्रमाणपत्र, ट्रफि र मेडल , द्धितियले ११ हजार, प्रमाणपत्र, ट्रफि र मेडल पाउने जनाइएको छ । यस्तै उत्कृष्ट विद्याका खेलाडीलाइ पनि प्रमाणपत्र, ट्रफि र मेडल प्रदान गरिने शिक्षक चाँडले बताउनुभयो । खेल लिग चरणमा खेलाइदैछन् ।

 

World Link Ads
Mahakali Polytechnic

(रेडियो बैतडीबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.