

जीवनमा मानिसले जीवनमा थुप्रै किसिमका नकारात्मक ऊर्जाको सामना गर्नुपर्दछ। कार्यलयमा होस् वा घरमा मानिसलाई गलत वास्तुको कारणले हानि पुगिरहेको हुन्छ। नकारात्मक ऊर्जाकै कारण धनको अभाव हुने, पारिवारिक समस्या हुने जस्ता अनेक समस्या हुने गर्दछ।
यदि घरको वा कार्यलयको वास्तु ठिक छ भने मानिसलाई अत्यधिक लाभ हुनुका साथ उसमा सधैं सकारात्मक ऊर्जाको प्रभाव पर्ने गर्दछ।जानिराखौं वास्तुका यस्ता उपाय जसले नकारात्मक ऊर्जालाई टाढा राख्नुका साथै मानिसलाई आर्थिक अभावबाट बचाउँछतामाका ३ सिक्काः घरको दराजमा यदि सुन, चाँदी र पैसा राख्ने गर्नुहुन्छ भने त्यस ठाउँमा तामाका तीन सिक्का राख्दा अत्यधिक लाभ हुने वास्तुशास्त्रको मान्यता छ। त्यसैगरि उक्त तीन सिक्कालाई लक्ष्मीपूजा, शिवरात्रि र होलीमा पूजा गर्दा घरमा आर्थिक लाभ हुने गर्दछ।


श्रीयन्त्रको स्थापनाः घरको पूजा कोठामा शुभ दिनमा श्रीयन्त्रको स्थापना गरियो भने घरमा पारिवारिक सुख बढ्नुका साथै शुक्रबार महालक्ष्मीको मन्त्र जाप गरेर श्रीयन्त्रको पूजा गर्ने हो भने देवी लक्ष्मी प्रशन्न रहनुका साथै धन लाभसमेत हुने मान्यता छ।घोडाको तस्बिरः घरमा कहिल्यै पनि भगवानका प्रतिमा वा मुर्तिलाई एक अर्काको आमनेसामने राख्नु नहुने वास्तुशास्त्रमा उल्लेख गरिएको छ। यसले घरमा पारिवारिक कलह र अशान्ति निम्त्याउने गर्दछ। त्यसगरी घरमा घोडाको तस्बिर दक्षिण दिशामा फर्काएर राख्दा अत्याधिक लाभ हुने गर्दछ।

झाडु वा कुचोः घरमा झाडु वा कुचो राख्दा कसैको पनि आँखा नपुग्ने स्थानमा राख्नुपर्ने हुन्छ। त्यसैगरी झाडु वा कुचो माथि कुनैपनि किसिमका भारि वस्तु राख्नु नहुने साथै यसलाई कहिल्यै पनि लडाएर राख्नु हुँदैन। झाडु वा कुचोलाई वास्तुशास्त्रमा धेरै महत्व स्थान दिएको छ र यसलाई सहि तरिकाले घरमा राख्दा सकारात्मक ऊर्जाको प्रभाव बढ्ने गर्दछ।
(khabarpatrikanp.com बाट साभार)
