सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

समाजसेवी युवा नेता भट्ट क्षेत्रीय सभापतिको दौडमा !!

राजेन्द्र प्रसाद जोशी–  नेपाली कांग्रेस बैतडीको क्षेत्रीय सभापतिमा तरुण दलका जिल्ला उपाध्यक्ष महेश भट्टले उम्मेदवारी घोषणा गरेका छन् । पार्टी संगठन बलियो र असल बनाउन र नेपाली कांग्रेसको बिचार लाइ सामाजिक रुपमा गहिरो रुपमा स्थापित गर्ने र कांग्रेसलाइ जनताका प्रति भरोसायोग्य बनाउन समेत क्रियाशिल रहने भन्दै क्षेत्रीय सभापति पदमा आफुलाई यसपटक अघि सारेका छन् ।

निरन्तर रुपमा कांग्रेसमा क्रियाशील भएर समाजिक सेवा गर्दै आएका भट्ट आफुलाई सबैको सहयोग रहने कुरामा ढुक्क रहेको बताउछन । संगठन निर्माण संगै पिछडिएका अनि युवाहरुको माग सम्बोधन गर्ने र सम्पूर्ण युवाहरुलाई एकजुट भएर क्रियाशिल गराउन आफुले भमिका निर्वाह गर्ने उनको भनाई छ ।

नागरिक स्वतन्त्रता र मुलुकको समृद्धि नै सबथोक ठानेर अगाडि बढेको काँग्रेसको गौरवमय विगत र गतिशील वर्तमानलाई थप गतिशील बनाउन मेरो उम्मेदवारी रहेको छ । जनता, जनजीविका र राष्ट्रिय स्वाभिमान रक्षार्थ काँग्रेसले निर्वाह गरिआएको महत्त्वपूर्ण भूमिकालाई जीवन्त राख्न र काँग्रेसको लोकप्रियतालाई झन शिखरमा पुर्याउन मैले क्षेत्रीय सभापति पदमा उम्मेदवारी दाबि गरेको उनको भनाई छ ।

World Link Ads
Mahakali Polytechnic

राणाशासन, पञ्चायत, शाही काल र माओवादी अतिवादलाई निस्तेज पार्न काँग्रेसको अग्रणी भूमिका एवं संविधानसभा मार्फत जनताले आफ्नो संविधान लेख्ने सपना समेत पुरा गरेको काँग्रेसलाई आम जनता र कार्यकर्ताको आकाँक्षा अनुरुप सबल बनाउन मैले उम्मेदवारी दिएको हुँ । देश अतिबादि तत्वहरुको दुष्प्रभावबाट अधोगतितिर हिडिरहेका बेला हामी सचेत युवा वर्गले देश र जनताका पक्षमा समर्पित काँग्रेस पार्टीको गौरवमय इतिहासलाई आत्मसात गर्दै आम नागरिकलाई चारतारे रक्तरञ्जित झण्डा मुनि गोलबद्ध बनाउन समेत विशेष पहलकदमी लिने पवित्र उद्देश्यले क्षेत्रीय सभापतिको पदमा उम्मेदवारी रहेको उनको भनाई छ ।

Dirghayu Ads

युवाहरूलाइ सिप र उद्यम संग जोड्दै राजनीतिको मुल केन्द्रमा “सेवाभाव“ बाट प्रेरित गरि युवा आकर्षण बढाउने उनको योजना छ । ५ स को मेरो संकल्प पनि उहाँले अङ्गाल्दै आउनु भएको छ र अझै आम जनताको लागि ५ स लाई नै प्रयोग गर्ने उहाँको भनाइ रहेको छ।

के के हुन त ५ स अन्तर्गत पर्ने :

Sana Kishan

१:सहमति

२:सहकार्य

३:सहभागिता

४:सम्मान

५: सह-अस्तित्व

साथै उहाँले सम्पूर्णमा महान चाड बडा दशैं को शुभकामना समेत व्यक्त गर्नुभएको छ र सम्पूर्ण प्रतिनिधिहरुमा सहयोग,सद्भाव र अमूल्य मतका लागि अपिल समेत गर्नुभएको छ।

भट्टलाइ सभापति पदमा किन तपाईंको उम्मेदवारी भनेर प्रश्न गर्दा :

आफुलाइ यसरि प्रस्ट्याउनु हुन्छ-“निमुखालाइ न्याय, बिपन्नलाइ आय बिभेद र छुवाछूतको अन्त्य, क्षमतामुलक समाजको गन्तव्यलाइ मुलमन्त्र बनाएको छु । जनताको सुख दुखमा साथ दिने, बैतडीको चतर्फि बिकासका लागि अहोरात्र संघर्ष गर्ने सिर्जनशिल, उद्यमशिल र कर्मशिल समाज निमार्ण गर्ने पबित्र उदेश्य र नबिनतम सपना बोकेर क्षेत्रीय सभापति पदको नेतृत्वका लागि उम्मेदवारी प्रस्तुत गरेको समेत बताउनु भएको छ ।”

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.