सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

महारूद्र बाबाको दर्शन गरी हेर्नुहोस्, असोज २३ गते शनिबार आजको पञ्चाङ्ग र राशिफल !!

245
Sana Kishan

 

पञ्चाङ्ग
वि.सं. असोज २३, २०७८ । ई.सं. ९ अक्टोबर २०२१ । शक संवत् १९४३ । नेपाल संवत् ११४१ कौलाथ्व । राक्षस, दक्षिणायन, शरद । शनिबार आश्विन शुक्लपक्ष । तिथि– तृतीया, ११ः१६ बजे उप्रान्त चतुर्थी । नक्षत्र– विशाखा, २१ः१५ बजे उप्रान्त अनुराधा । योग– प्रीति, २३ः३९ बजे उप्रान्त आयुष्मान् । करण– गर ११ः१६ बजेदेखि वणिज, २२ः०६ बजे उप्रान्त वालव । चन्द्रराशि तुला । आनन्दादि योग शुभ । दिनमान २९।०६ । सूर्योदय ६ः०१ । सूर्यास्त १७ः३९ ।

Arus

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सन्तानबाट सहयोग मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रूचि बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका पाइएला । आर्थिक लाभ पनि मिल्नसक्छ ।

Nepali Khaja

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । पारिवारिक वातावरण पूर्णरूपमा सन्तोषप्रद रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ व्यक्ति सँग भेटघाट हुने समय छ । सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । कार्य सम्पादनमा सहजता पनि मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइएला । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

Karnali Traders

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । भोज र मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबार पनि राम्रै सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आँटेको र ताकेको कार्य पुरा हुनेछ । रमाइलो र सुखद् यात्राको योग रहेको छ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मित्र वा नयाँ कार्यको थालनी पनि हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) गरेको काममा ढिलासुस्ती हुनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अनावश्यक धन खर्च हुनेछ, तर शुभ कार्यको योग पनि छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(मकालु खबरबाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

5  +  3  =