

आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधाना गरिन्छ ।
विजयादशमीको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावनमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ । देवीको दर्शनका लागि विभिन्न मन्दिरहरु जान्छौं । नवदूर्गाको पूजाको आफ्नै विधि–विधानहरु छन् । हरेक देवीका रुपको आफ्नै छुट्टै महत्व रहेको छ ।

देवीका स्वरुपहरुः

शैलापुत्री – देवी शैलपुत्री देवीका नौ रुपहरु मध्येकी प्रथम रुप हुन् । उनको पूजा गर्दा चन्द्रमासँग सम्बन्धित दोष समाप्त हुने विश्वास छ ।
ब्रह्मचारिणी – देवी ब्रह्मचारिणीको पूजाले मंगल ग्रहको नराम्रो प्रभाव हटाउँछ ।चन्द्रघण्टा – देवी चन्द्रघण्टाको पुजाले शुक्र ग्रहको प्रभाव कम हुन्छ ।
कुष्मान्डा – देवी कुष्माण्डाको पूजाले सूर्यको नराम्रो प्रभाबबाट जककगाउँछ ।स्कन्दमाता – देवी स्कन्दमाताको पूजाले बुध ग्रहको नराम्रो प्रभाव कम हुन्छ ।कात्यायनी – देवी कात्यायनीको पूजा गर्नाले बृहस्पतिको नराम्रो प्रभाव कम हुन्छ ।कालरात्रि – देवी कालरात्रिको पूजाले शनिको नराम्रो प्रभाव कम हुन्छ ।
महागौरी – देवी महागौरीको पूजा गर्नाले राहुको नराम्रो प्रभाव कम हुने विश्वास छ ।सिद्धिदात्री – देवी सिद्धिदात्रीको पूजा गर्दा केतुको नराम्रो प्रभावलाई कम गर्न मद्दा पुग्दछ ।

आज नवरात्रको दोस्रो दिन अर्थात माता ब्रह्माचारिणीको पूजा अर्चना गर्ने दिन । नवदूर्गाहरुमध्ये भक्तहरुलाई सिद्ध र अनन्त फल दिने देवी नै ब्रह्मचारिणी देवी हुन् ।ब्रह्मचारिणीको अर्थ हुन्छ जो असीम अनन्तमा विद्यमान वा गतिमान छ । तपको आचरण गर्ने देवी नै ब्रह्मचारिणी हुन् । स्वरुपको आधारमा भन्दा दाहिने हातमा जपको माला एवं बायाँ हातमा कमण्डलु लिएकी देवी ब्रह्मचारिणी देवी हुन् ।
देवी भागवत पुराणका अनुसार हिमालयकी पुत्री पार्वतीले देवर्षि नारदको सल्लाह अनुसार भगवान शिव पति पाउँ भनी ब्रह्माको कठोर ब्रत बसेकी थिईन् । जसबाट प्रसन्न भएर ब्रह्माले उनलाई मागेको वरदान दिएका थिए । जसको फलस्वरुप यी देवी भगवान भोलेनाथकी वामिनी अर्थात् पत्नी भएकी थिईन् ।
धार्मिक मूल्य मान्यता अनुसार ब्रह्मचारिणीको ध्यान गर्नाले जीवनको कठिन परिस्थितिमा समेत मानिसहरुको मन कर्तव्यपथबाट विचलित हुनेछैन । ब्रह्मचारिणी देवीको पूजा गर्ने विधिः
ब्रह्मचारिणीको पूजामा सबैभन्दा पहिले फूल, अक्षता, चन्दनद्वारा पूजा गर्ने गरिन्छ । उनलाई दूध, दहि, शख्खर, घिऊ, मह आदिबाट स्नान गराएर देवीलाई प्रसाद अर्पण गर्ने गरिन्छ । प्रसाद ग्रहण गरिसकेपछि आचमन र फेरि पान, सुपारी, भेटी आदि चढाएर कलशको पूजा गर्ने गरिन्छ । यही प्रकारले नवग्रह, दश दिक्पाल, नगर देवता, ग्राम देवता आदिको पूजा गर्ने गरिन्छ ।
“ब्रह्मचारिणी स्रोत पाठ”तपश्चारिणी त्वंहि तापत्रय निवारणीम्।ब्रह्मरूपधरा ब्रह्मचारिणी प्रणमाम्यहम्।।शंकरप्रिया त्वंहि भुक्ति(मुक्ति दायिनी।शान्तिदा ज्ञानदा ब्रह्मचारिणीप्रणमाम्यहम्।।ब्रह्मचारिणी मन्त्र ःया देवी सर्वभूतेषु माँ ब्रह्मचारिणी रूपेण संस्थिता ।नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।दधाना कर पद्माभ्याम अक्षमाला कमण्डलू ।देवी प्रसीदतु मई ब्रह्मचारिण्यनुत्तमा ।।
(gnewsnepal.com बाट साभार)
