सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताबाट बाहिरियो बैतडी टिम !!

बैतडी  –  धनगढीमा जारी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताबाट बैतडी बाहिरिएको छ । आज कञ्चनपुरसँग भएको खेलमा ३–१ ले पराजित भएसँगै बैतडी प्रतियोगिताबाट बाहिरिएको हो । आजको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो ।

बेस्ट अफ फाइभको खेलमा पहिलो सेटमा बैतडीले २५–२७ ले हार व्यहोर्यो । दोश्रो सेटपनि २२–२५ ले कञ्चनपुरले आफ्नो पक्षमा पारेको थियो । तेश्रो सेट भने बैतडीले १४–२५को फराकिलो अन्तरले हराएको थियो । फेरी चौथो सेट २२–२५ ले आफ्नो पक्षमा पार्दै कञ्चनपुर सेमिफाईनलमा प्रवेश गरेको हो भने बैतडी बाहिरिएको हो ।

Sana Kishan

सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रमअनुसार असोज आज देखि २३ गतेसम्म धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना भइरहेको हो । प्रतियोगिताको विजेतालाई नगद एक लाखसहित ट्रफी दिइने छ । उपविजेतालाई नगद ५० हजार सहित ट्रफी दिइनेछ।

World Link Ads
Mahakali Polytechnic

प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीमलाई पच्चिस पच्चिस हजार नगदसहित ट्रफी दिइने छ भने विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइने छ ।

Dirghayu Ads

(सगुन खबरबाट साभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.