सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

कतार प्रवेश गर्न नलगाएकाले ७ दिन र खोप लगाएकाले २ दिन होटल क्वरेण्टिनमा बस्नुपर्ने !!

146
Sana Kishan

काठमाण्डौ – के तपाईं वैदेशिक रोजगारीको सिलसिलामा कतार जाँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने त्यहाँ जानुभन्दा पहिले कतार सरकारले जारी गरेका अद्यावधिक मापदण्डहरुको पालना गरेर जानुहोला । कतार सरकारले दक्षिण एसियाका नेपाल, बंगलादेश, भारत, पाकिस्तान, श्रीलङ्का लगायत अन्य केही देशहरुले कतार प्रवेश गर्नुभन्दा पहिले पालना गर्नुपर्ने नियममा परिमार्जन गरेको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

कतार जानको लागि मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट पीसीआर परीक्षण गरेको ७२ घण्टाभित्रको नेगेटिभ प्रमाणपत्र साथमा हुनुपर्छ । नयाँ मापदण्डअनुसार कतारमा पहिलोपटक प्रवेश गर्ने यात्रुहरुले जततउकः÷÷धधध.भजतभचबश.नयख.त्रब वेबसाइटमा गइ पीसीआर परीक्षणको प्रमाणपत्र, खोप लगाएको प्रमाणपत्र र अन्य सान्दर्भिक कागजातहरु अपलोड गरि प्रि–रजिष्ट्रेशन गर्नुपर्ने हुन्छ ।

Arus

यस्तै सबै यात्रुहरुले आफ्नो मोबाइलमा इटेराज मोबाइल एप्लिकेशन अनिवार्य डाउनलोड गरेर राखेको हुनुपर्छ । यसको लागि नेपालको सीमकार्डका पनि प्रयोग गर्न सकिने बताइएको छ ।

Nepali Khaja

कतार प्रवेश गर्नुअघि सबै यात्रुहरुले कतारको जनस्वास्थ्य मन्त्रालयको वेबसाइट वा सम्बन्धित एअरलाइन्सको अनलाइन बुकिङ फारममा उपलब्ध हुने प्रतिबद्धता पत्रमा आफ्नो विवरण भरेर हस्ताक्षर गरि यात्राको अवधिमा साथमा बोक्नुपर्ने हुन्छ । फारम योे लिंकमा क्लिक गरेर पनि पाउन सकिन्छ ।

Karnali Traders

खोप सम्बन्धी प्रावधान
कतार सरकारले फाइजर, सिनोभ्याक, सिनोफर्म, मोडेर्ना, अस्ट्राजेनेका र स्पुत्निक भी र जोनसन एण्ड जोनसनलाई मान्यता दिएको छ । जोनसन एण्ड जोनसन बाहेक अरु खोप दुवै डोज लगाएको हुनुपर्ने जनाइएको छ ।

यस्तै खोपको मात्रा पूरा गरेको १४ दिन पूरा गरेपछि मात्र यात्रा गर्न सकिनेछ । सशर्त स्वीकृत गरिएका खोप (सिनोभ्याक, सिनोफर्म र स्पुत्निक भी)को मात्रा पूरा गरेका यात्रुको सेरोलोजी एण्टिबडी रिजल्टको पोजेटिभ रिपोर्ट अनिवार्य चाहिने बताइएको छ ।

कतार सरकारले मान्यता दिएका खोपको पूर्ण मात्रा लगाएको भए पनि दुई दिन होटल क्वरेण्टिनमा बस्नुपर्नेछ । यस्तै कतार सरकारले जनाएअनुसार खोप लगाउँदै नलगाएका वा खोपको पूर्ण मात्रा नलगाएकाहरुले भने सात दिनसम्म होटल क्वरेण्टिनमा बस्नुपर्ने हुन्छ ।

स्वीकृत गरिएका खोप नलगाएका नयाँ यात्रुलाई भने कतार प्रवेश गर्न नदिइने त्यहाँको सरकारको निर्णयलाई उद्धृत गर्दै नेपाली दूतावासले जनाएको छ ।

 

(ujyaaloonline.com बाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

1  +  5  =