सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज आश्विन २२ गते शुक्रवार ब्रह्मचारिणी भगवतीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य !!

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । दाम्पत्य सुखले प्रफुल्लित भइने छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । कामका लागि अनुकूल समय छ । बिनाप्रतिस्पर्द्धा फाइदा हुने योग छ । आजका लागि शुभ अङ्क ः ७ र शुभ रङ्ग ः रङ्गीबिरङ्गी÷छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ शुं शुक्राय नमः न्यूनतम जापसङ्ख्या ः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –मुद्दा–मामिलामा विजयी भइने छ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । अधिकारका लागि केही सङ्घर्ष पनि हुनसक्छ । प्रतिस्पर्द्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने छ । सहयोगीहरू जुट्नाले रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनसक्छ । आजका लागि शुभ अङ्क ः ६ र शुभ रङ्ग ः गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ सर्वरोगहराय नमः न्यूनतम जापसङ्ख्या ः १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । सामाजिक उत्तरदायित्व वहन गर्नु पर्नेछ । आँटेका काममा निकै मिहिनेत गरेमा मात्र सफलता हात लाग्नेछ । उद्योग तथा बन्दव्यापारमा सामान्यतया फाइदा नै हुनेछ । प्रेमी÷प्रेमिकाका बीचमा मनमुटाव हुनसक्छ । आर्जित वा सञ्चित धन खर्च गर्ने परिस्थिति आउने छ । आजका लागि शुभ अङ्क ः ५ र शुभ रङ्ग ः सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ शारदादेव्यै नमः न्यूनतम जापसङ्ख्या ः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

World Link Ads
Mahakali Polytechnic

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –पहिलेका वाचा पूरा गर्न दौडधूप गर्नुपर्ने छ । अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । मातृधन, पशुधन र जमिनबाट पनि लाभ होला । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । छर–छिमेकमा पनि असमझदारी बढ्नसक्छ । घरखर्चको मात्रा बढ्नेछ । आजका लागि शुभ अङ्क ः ४ र शुभ रङ्ग ः घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ चं चन्द्रमसे नमः न्यूनतम जापसङ्ख्या ः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Dirghayu Ads

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्द्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिने छ । आजका लागि शुभ अङ्क ः ३ र शुभ रङ्ग ः सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ सिद्धिविनायकाय नमः न्यूनतम जापसङ्ख्या ः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । आजका लागि शुभ अङ्क ः २ र शुभ रङ्ग ः सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ सिद्धिलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या ः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Sana Kishan

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनसक्छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइने छ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको गाँठो कसिएला । कामबाट पनि फुर्सद पाइने छ । प्रशंसकहरू बढ्नेछन् । आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन् । आजका लागि शुभ अङ्क ः १ र शुभ रङ्ग ः कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ भास्कराय नमः न्यूनतम जापसङ्ख्या ः ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नसक्छ । त्यस्तै यात्राका क्रममा अपनाएको सचेतताले ठूलो नोक्सानी हुनबाट जोगिने छ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । आजका लागि शुभ अङ्क ः ३ र शुभ रङ्ग ः सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ नमः शिवाय न्यूनतम जापसङ्ख्या ः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । सोचेभन्दा राम्रै लाभ हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । आजका लागि शुभ अङ्क ः २ र शुभ रङ्ग ः रङ्गीबिरङ्गी÷छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ वैभवलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या ः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । विभिन्न अवसरले पछ्याउनेछन् । शत्रुहरू किनारा लाग्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिने छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । प्रतिस्पर्द्धामा पनि विजयी भइने छ । रोकिएका काम बन्नेछ । आजका लागि शुभ अङ्क ः १ र शुभ रङ्ग ः रातो÷सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ स्थानदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या ः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –सानो प्रयासले भाग्यनिर्माण गर्न सकिने दिन छ । सँगीसाथी र सहयोगीको मद्दतले बिग्रनै लागेको काम पनि बन्नसक्छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रसिद्धि कमाउने र नाम राख्ने कुनै काममा मन जानेछ । गरेको कामले प्रशंसा पाउने छ । दीर्घकालिक फाइदाका लागि मिहिनेत र लगनशीलता गर्ने समय छ । आजका लागि शुभ अङ्क ः ९ र शुभ रङ्ग ः पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ नमो नारायणाय न्यूनतम जापसङ्ख्या ः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –मिहिनेत र लगनशीलता खेर जाँदैन, लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य प्राप्त हुनेछ । अप्रत्याशित उपलब्धि प्राप्त हुँदा मनमा उमङ्ग पलाउने छ । अनुभवी र जान्नेबुझ्नेको रायसल्लाह लिई नयाँ काममा हात हाल्दा राम्रो हुन्छ । गरी आएका व्यापार÷व्यवसाय र कामधन्दाका क्षेत्रबाट पनि फाइदा नै हुनेछ । नचिताएको मान्छेको सहयोग पाइने छ । आजका लागि शुभ अङ्क ः ८ र शुभ रङ्ग ः सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ सर्वमृत्युनिवारकाय नमः न्यूनतम जापसङ्ख्या ः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.