सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

आज नवरात्रको दोस्रो दिन– ब्रह्मचारिणी भगवतीलाई प्रशन्न पार्न जप्नुहोस् यी मन्त्रहरु !!

126
Sana Kishan

कञ्चनपुर- आज नवरात्रको दोस्रो दिन अर्थात माता ब्रह्माचारिणीको पूजा अर्चना गर्ने दिन । नवदूर्गाहरुमध्ये भक्तहरुलाई सिद्ध र अनन्त फल दिने देवी नै ब्रह्मचारिणी देवी हुन् ।ब्रह्मचारिणीको अर्थ हुन्छ जो असीम अनन्तमा विद्यमान वा गतिमान छ । तपको आचरण गर्ने देवी नै ब्रह्मचारिणी हुन् । स्वरुपको आधारमा भन्दा दाहिने हातमा जपको माला एवं बायाँ हातमा कमण्डलु लिएकी देवी ब्रह्मचारिणी देवी हुन् ।

देवी भागवत पुराणका अनुसार हिमालयकी पुत्री पार्वतीले देवर्षि नारदको सल्लाह अनुसार भगवान शिव पति पाउँ भनी ब्रह्माको कठोर ब्रत बसेकी थिईन् । जसबाट प्रसन्न भएर ब्रह्माले उनलाई मागेको वरदान दिएका थिए । जसको फलस्वरुप यी देवी भगवान भोलेनाथकी वामिनी अर्थात् पत्नी भएकी थिईन् ।

Arus
Karnali Traders

धार्मिक मूल्य मान्यता अनुसार ब्रह्मचारिणीको ध्यान गर्नाले जीवनको कठिन परिस्थितिमा समेत मानिसहरुको मन कर्तव्यपथबाट विचलित हुनेछैन । ब्रह्मचारिणी देवीको पूजा गर्ने विधिः

Nepali Khaja

ब्रह्मचारिणीको पूजामा सबैभन्दा पहिले फूल, अक्षता, चन्दनद्वारा पूजा गर्ने गरिन्छ । उनलाई दूध, दहि, शख्खर, घिऊ, मह आदिबाट स्नान गराएर देवीलाई प्रसाद अर्पण गर्ने गरिन्छ । प्रसाद ग्रहण गरिसकेपछि आचमन र फेरि पान, सुपारी, भेटी आदि चढाएर कलशको पूजा गर्ने गरिन्छ । यही प्रकारले नवग्रह, दश दिक्पाल, नगर देवता, ग्राम देवता आदिको पूजा गर्ने गरिन्छ ।

“ब्रह्मचारिणी स्रोत पाठ”तपश्चारिणी त्वंहि तापत्रय निवारणीम्।ब्रह्मरूपधरा ब्रह्मचारिणी प्रणमाम्यहम्।।शंकरप्रिया त्वंहि भुक्ति(मुक्ति दायिनी।शान्तिदा ज्ञानदा ब्रह्मचारिणीप्रणमाम्यहम्।।ब्रह्मचारिणी मन्त्र ःया देवी सर्वभूतेषु माँ ब्रह्मचारिणी रूपेण संस्थिता ।नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।दधाना कर पद्माभ्याम अक्षमाला कमण्डलू ।देवी प्रसीदतु मई ब्रह्मचारिण्यनुत्तमा ।।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

8  +  1  =