सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

भोली अत्तरियामा चर्चित लोकपप गायक प्रमोद खरेल आउदै , सम्पूर्ण तयारी पुरा !! 

134
Sana Kishan

अत्तरिया – दशैतिहार बिषेश कार्यक्रममा सहभगी हुन देशकै चर्चित लोकपप गायक प्रमोद खरेल भोली अत्तरियामा आउने भएका छन् ।

 

अत्तरियामा रहेको नमस्ते होटल र क्युरिक्स डान्स स्टुडियोको संयुक्त आयोजनामा भोली साझँ हुन गैरहेको दशैतिहार बिषेश सास्कृतिक कार्यक्रममा सहभागी हुन प्रमोद खरेल आउने भएका हुुन् । प्रमोद खरेल आउने भएपछि कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।

 

Arus

नजिकिदै गरेको नेपालीहरुको महान चार्ड दशैको अबसर पारेर यस क्षेत्रको कलासंस्कृतिको जोर्गेना गर्नाका लागि गरिएको एक दिने बिषेश सास्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजक नमस्ते होटलका संचालक लक्ष्मण धामीले जानकारी दिए ।

 

Nepali Khaja
Karnali Traders

कार्यक्रमको मुख्य प्रयोजक टुबर्ग कम्पनी रहेको उनले बताए । साँझ ५ बजेदेखी राति ९ बजे सम्म नमस्ते होटलको पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा प्रवेशका लागि टिकट सिस्टम राखिएकोमा २ सय टिकट बिक्रि भैसकेको उनले बताए ।

 

उक्त कार्यक्रममा सहभगि हुनका लागि रु १५ सयको टिकट शुल्क तोकिएको छ । उक्त टिकक शुल्क बाफत कार्यक्रमको मनोरञ्जनसंगै रातिको खाना संगै पेय पदार्थ तथा फोटो सुटको सुबिधा रहेको छ । उक्त कार्यक्रममा गायक खरेलसंगै क्युरिक्स डान्स स्टुडियोका कलाकारसंगै अन्य स्थानिय प्रतिभाहरुको पनि प्रस्तुति रहने भएको छ ।

 

(गोदावरी न्युजबाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

29  +    =  38