सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कांग्रेसबाट देउवाले ४ मन्त्री थप्‍ने !!

काठमाडौँ — सत्ता गठबन्धनको बिहीबारको बैठकले मन्त्रालय भागबन्डाको विषय टुंग्याएपछि अब कांग्रेसबाट ४ जना मन्त्री थपिने भएका छन् । सरकार गठन भएको झण्डै तीन महिना बित्नैलाग्दा गठबन्धनमा सरकारलाई पूर्णता दिने गरी सहमति जुटेपछि देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।

उनले कांग्रेसको भागमा ८ मन्त्रालय राखेका छन् । त्यसमध्ये कानुन, न्याय तथा संसदीय मामिला र रक्षा पौडेल पक्षलाई दिने तयारी देउवाको छ । कृष्णप्रसाद सिटौला पक्षलाई दिने मन्त्रालयको टुंगो लागिसकेको छैन । सिटौला पक्षबाट उमाकान्त चौधरी मन्त्री बन्‍ने करिब निश्‍चित छ ।

अहिले गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री नारायण खड्का, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की गरी ३ मन्त्रालय कांग्रेससँगै छन् । तर, कार्कीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिएपछि कानुनसहित बाँकी रहेका ४ मन्त्रालयमा देउवाले नयाँ मन्त्री थप्नेछन् ।

World Link Ads
Mahakali Polytechnic

बुधबार साँझ बालुवाटारमा शीर्ष नेताहरुसँग देउवाले मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका थिए । तर, कस–कसलाई मन्त्री बनाउने भन्नेबारे नेताहरुबीच सहमति भइसकेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षलाई ३ जना मन्त्री दिनुपर्ने अडान राखेका छन् । तर, देउवाले त्यसलाई अस्वीकार गरेका छन् । बालुवाटार स्रोतका अनुसार देउवाले अझै १ जना आफ्नै गुटबाट मन्त्री थप्दैछन् ।

Dirghayu Ads

बाँकीमध्ये वरिष्ठ नेता पौडेललाई १, महामन्त्री शशांक कोइरालालाई १ र नेता कृष्णप्रसाद सिटौलालाई १ मन्त्री दिने तयारी गरेका छन् । ‘सबै तयारी भइसकेको छैन । कसलाई बनाउने भनेर छलफल भइरहेको छ । तर, पौडेललाई २ र सिटौलालाई १ भन्दा बढी दिन सकिने अवस्था छैन,’ उनीनिकट एक नेताले भने ।

 

Sana Kishan

पौडेल समूहमा भने आफ्नो भागमा २ मन्त्रीमात्रै परेको अवस्थामा सरकारमै सहभागी हुने वा नहुने भन्नेसम्मको बहस छ । पौडेल समूहका एक केन्द्रीय सदस्यले भने, ‘दुई वटामात्रै दिनु भनेको अपमान हो । त्यस्तो अपमानजनक अवस्थामा सरकारमै जानु हुँदैन भन्ने कुरा पनि उठेको छ ।’

नेताहरुका अनुसार कांग्रेसबाट पुष्पा भुसाल, उमा रेग्मी, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, तेजुलाल चौधरी, राजन केसी, भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्येबाट मन्त्री थपिने सम्भावना छ । बुधबार बालुवाटारमा देउवाले पौडेल, कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग मन्त्रीको नामबारे छलफल गरेका थिए । देउवाले २ जनामात्रै मन्त्री बनाउन सक्ने भनेपछि वरिष्ठ नेता पौडेलले तेजुलाल चौधरी र दिलेन्द्रप्रसाद बडुको नाम लिएका थिए ।

महामन्त्री कोइरालाले मिनेन्द्र रिजालको नाम लिएका थिए भने नेता सिंहले राजन केसीको नाम लिएका थिए । देउवाले २ जनाको नाम माग्दा ४ जनाको नाम भनेर उठेका पौडेल समूहका नेताहरु पुनः छलफलमा बसेका छैनन् । ‘कसको चाहना के हो ? उहाँले बुझिसक्नुभएको छ । अब ती नै मध्येबाट मन्त्री बनाउने हो,’ देउवानिकट एक नेता भन्छन् । ती नेताका अनुसार देउवाले आफ्नो तर्फबाट थप गर्ने एक जनामा पुष्पा भुसालको प्रबल सम्भावना छ ।

यसअघि सुजाता कोइरालाको नाम लिँदैआएका महामन्त्री कोइरालाले यसपटक एकल मिनेन्द्र रिजालको नाम लिएकाले रिजालको पनि सम्भावना बलियो बनेको छ । पौडेलले सिफारिस गरेका बडु, चौधरी र सिंहले भनेका राजन केसीमध्ये एक जना मन्त्री हुने नेताहरु बताउँछन् । ‘मन्त्री छान्ने प्रधानमन्त्रीले हो । आकांक्षी धेरै जना भएकाले अहिले यस्तै हुन्छ भन्न सकिन्नँ । तर, पार्टीभित्रको समीकरण मिलाएर नै गर्नुपर्ने दबाब छ,’ ती नेताले भने ।

(ekantipur.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.