

कञ्चनपुर- टिकटक लाईफहोष्टर अंशु बर्माले अनाथ बालबालिकालाई कपडा वितरण गरेका छन । दशैँको अवसरमा बर्माले भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको महाकाली बाल अनाथालयमा बालबालिकालाई कपडा वितरण गरेका हुन ।
बिहीबार एक कार्यक्रमका विच बर्माले अनाथ बालबालिकालाई एक एक जोर लुगा दिएका हुन । टिकटक कमाईबाट उनले अनाथ बालबालिकालाई दशैँको खुसियालीमा कपडा दिएको बताए । २९जना बालबालिकालाई कपडा दिएका हुन । य


स अघि पनि उनले विभिन्न क्षेत्रका असहाय नागरिकलाई खाद्यान्न तथा कपडा वितरण गरेका बर्माका सहकर्मी बासुदेव भट्ट(होहो)ले बताए ।

(janasarokarpost.com बाट साभार)
