सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडीको देहीमाण्डौंमा आजदेखि मदिरा बेचबिखन र जुवातास खेल्न खेलाउनमा रोक !!

जुवा खेले वा खेलाएमा ३ हजार जरीवाना गरिने !

281
Sana Kishan

बैतडी –बडादशैंको महाष्टमीका दिन बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित बनाउन वडा कार्यालयले पहल थालेको छ । दशरथचन्द नगरपालिका वडा नं २ को कार्यालय देहीमाण्डौंले एक सूचना जारी गर्दै कोरोनाको जोखिम कायमै रहेकाले जात्रा तथा मेलापर्व मनाउँदा सतर्क रहन आग्रह गरेको छ ।

जात्रा, मेला र पूजापाठमा सहभागि हुँदा स्वास्थ्यका मापदण्ड अपनाउन पनि वडा कार्यालयले आग्रह गरेको छ । यसैबीच निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित बनाउन आजदेखि देहीमाण्डौ बजार क्षेत्रमा आजैदेखि मदिराको विक्रिवितरण र सेवनमा रोक लगाइएको छ ।

Arus

वडा कार्यालयको सूचनाको उल्लंघन गरेमा जरीवाना गरिने वडा अध्यक्ष रनबहादुर बोहराले बताए । वडा कार्यालयको सूचना उल्लंघन गरेर कसैले मदिरा सेवन गरेको पाइएमा २ हजार जरीवाना गरिने छ ।

 

Nepali Khaja
Karnali Traders

यस्तै मदिरा बेचबिखन र ओसारपोसार गरेमा ६ हजार जरीवाना सहित मदिरा समेत जफत गरिने वडा कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । यस्तै कसैले जुवा खेले वा खेलाएमा ३ हजार जरीवाना गरिने बताइएको छ ।

(सगुन खबरबाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

5  +  5  =