सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालमा पाकिस्तानी नागरिक अपहरित, बन्धक बनाएको आरोपमा दुई जना पक्राउ !!

काठमाडौं । क्यानडा पठाउने भन्दै नेपाल बोलाएर पाकिस्तानी नागरिकलाई बन्धक बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेका जेसन मोहम्मद र ताज रजवाज पनि पाकिस्तानी नागरिक हुन् ।

 

प्रहरीका अनुसार उनीहरुले फैजान अहमदलाई नेपालको बाटो हुँदै क्यानडा पठाउने भन्दै नेपाल बोलाएका थिए ।

 

विमानस्थलबाट आफूलाई सिभिल होम्समा लगेर बन्धक बनाएको फैजानले प्रहरीसमक्ष बताएका छन् । उनका अनुसार जेसन र ताजले बन्धक बनाएर पाकिस्तानस्थित परिवारलाई म क्यानडा आइपुगे, २० हजार डलर दिनुस् भन्न लगाएका थिए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

उनीहरुबाट फुत्किएका फैजानले खबर गरेपछि दुबैलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको दाबी छ ।

 

(अनलाइनखबरबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.