सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जनताका समस्याको समाधान गर्न वैज्ञानिक समाजवादी विद्यार्थी संगठनको मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र !!

वैज्ञानिक समाजवादी विद्यार्थी संगठन ले कैलाली,कञ्चनपुर र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री को कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ। चाडपर्व लक्षित विभिन्न प्रकारका घटना घट्ने भएकोले वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले ध्यानाकर्षण पत्र बुझाएको वैज्ञानिक समाजवादी विद्यार्थी संगठन सुदुरपश्चिम प्रदेशका सह-संयोजक राजेन्द्र प्रसाद जोशीले जानकारी दिनुभएको छ।

यदि कुनै ठाउँमा कालोबजारी,भष्ट्राचार,र विभिन्न किसिमका घटनाहरू भएको थाहा पाएमा त्यो व्यक्तिलाई कडा भन्दा कडा कारवाही समेत गरिने नेता जोशीले जानकारी दिनु भयो। अब दशैं र तिहारको समयमा वैज्ञानिक समाजवादी विद्यार्थी संगठन सुदुरपश्चिम प्रदेशले सुदुरपश्चिमका ९ वटै जिल्लामा आफ्नो सङ्गठनबाट बजार अनुगमन गर्ने पनि सह संयोजक राजेन्द्र जोशीले बताउनुु भयो । वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका सुदुरपश्चिम प्रदेश संयोजक द्रोण अवस्थीले भने देश र जनता लुट्ने भ्रष्ट दलाल तस्करहरुलाई कुनैपनि हालतमा नछोड्ने बताएका छन् ।

World Link Ads
Mahakali Polytechnic

सुदुरपश्चिम प्रदेश क्षेत्रिय रुपमा सबैभन्दा बढी उत्पिडनमा परेको र विकास र समृद्धिको दृष्टिकोणले पनि पछाडि नै पारिएको छ । यसै माथि भ्रष्टाचारी र दलालहरुको राज नै सडकदेखि सदनसम्म रहेकोले अब वैज्ञानिक समाजवादी विद्यार्थी संगठन कडा रुपमा अन्याय अत्याचार , दमन शोषण उत्पीडनहरु बिरुद्ध उत्रिने र जनताको शासन हुने वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने बताउनुभयो । आफुहरुले जनताको निम्ति लड्दा जस्तो सुकै परिस्थिति आए पनि भोग्न तयार रहेको उहाँले बताउनुभयो । यसका साथै सबै सुदुरपश्चिमेली जनतालाई अन्याय, अत्याचारलाई सखाप पारेर न्याय स्थापना गर्ने अभियानमा सङ्गठित हु‌न सबै विद्यार्थी ,युवा,तथा सम्पूर्ण सचेत नागरिकहरुमा अपिल पनि गर्नु भएको छ ।

यस्तो थियो ध्यानकर्षण पत्र को पूर्ण पाठ:

Sana Kishan

हाम्रो सङ्गठन वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, देशको पक्षमा, जनताको पक्षमा , सत्यको लागि,न्यायको लागि , अन्याय अत्याचार विकृति विसङ्गति बिरुद्ध चट्टानी आन्दोलनको रुपमा उभिनुका साथै, नयाँ युग सापेक्ष नयाँ विद्यार्थी आन्दोलन, वैज्ञानिक समाजवादी शिक्षा प्रणाली र वैज्ञानिक समाजवादी व्यवस्थाको निम्ति निरन्तर सङ्घर्षरत रहेको कुरा सर्वविदितै छ ।

मिति २०७८/०६/१९ गते बसेको वैज्ञानिक समाजवादी विद्यार्थी संगठनको सुदुरपश्चिम प्रदेश समितिको छलफल अनुसार शासक र कर्मचारीहरुको अकर्मण्यता, दलाली, गैरजिम्मेवारीको कारण सुदुरपश्चिममेली जनताले तस्कर र दलाल ,भ्रष्टहरुको पाइलामुनी कुच्चिनुपर्ने अवस्था आएकोले अहिलेको समय र परिस्थिति ध्यानमा राख्दै निम्न मागहरु सहित चेतावनी पत्र दिइएको छ ।

१) अहिलेको समयमा यातायातको असुविधा भइरहेको र यातायात व्यवसायीहरुले सोझासाझा नागरिकहरुलाई जालझेल गरी चर्को भाडा लगाइ ठगिरहेको हुँदा यि समस्याहरु चाँडोभन्दा चाँडो समाधान गर ।

२) अहिलेको दलाल पुँजिवादी अर्थतन्त्रको भएको व्यवस्थामा विश्वबजारले नेपालीहरुलाई उपभोक्तावादी बनाइरहेको र चाडपर्वको निहुँमा अनावश्यक बस्तुहरुको उपभोक्तावादी बनाइ पुँजिवादी सँस्कृतिको विकास गरिरहेकोले अनावश्यक बस्तुहरुको आयातमा रोक लगा ।

३) अहिले भइरहेको कालोबजारी र महङ्गीलाई नियन्त्रण गर्न निरन्तर अनुगमन, अनुसार र कारवाही गर ।

४) चाडबाडको समयमा हुने भिडभाडमा हत्या,हिंसा, बलत्कार , ग्याङ फाइट, चोरी, डकैती, जस्ता अपराधीक घटनाहरु पनि धेरै हुने भएकोले सुदुरपश्चिमका प्रमुख सहर निरन्तर अनुगमन टोली खटाउन माग गर्दछौं । हाम्रो मागहरु वेवास्ता गरिएको खन्डमा सुदुरपश्चिम प्रदेश सरकारले क्षतिको सम्पुर्ण जिम्मेवारी लिनुपर्ने गरी भ्रष्ट, दलाल, तस्करहरुलाई जनकारवाही गर्नेगरी हस्तछेपकारी भुमिकामा समेत आउन सक्ने जानकारी गराइन्छ ।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.