सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

परराष्ट्रमन्त्री : एमसीसी हाम्रो हितमा छ भने पास गरौं छैन भने अमेरिकालाई भनौं !!

64
Sana Kishan

काठमाडौँ — परराष्ट्रमन्त्री नारायण खड्काले एमसीसी नेपालको हितमा भए पास गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा मन्त्री खड्काले एमसीसी राष्ट्रिय सहमतिबाट नै अगाडि बढ्नुपर्ने बताएका छन् ।

’एमसीसी राष्ट्रिय सहमतिबाट गर्ने हो । हाम्रो हितमा छ भने पास गर्ने हो छैन भने किन पास गर्ने ?, ’ परराष्ट्रमन्त्री खड्काले भने ।

Arus

एमसीसीमा माओवादी र कांग्रेसको गठबन्धन सरकार भएका बेला तत्कालीन अर्थमन्त्रीले हस्ताक्षर गरेको स्मरण गराउँदै मन्त्री खड्काले राष्ट्रिय हितमा छ कि छैन भन्ने कुरा त्यसअघि किन अध्ययन नगरिएको हो भनेर पनि प्रश्न गरे । ’हस्ताक्षर गर्नु पहिला किन अध्ययन गरेनौं ? यो सहमतिका क्रममा ७ वटा परराष्ट्रमन्त्री बनिसकेका छौं,’ उनले भने ।

Nepali Khaja
Karnali Traders

’अब एमसीसी एकस्वरबाट अगाडि बढ्नुपर्छ । हाम्रो हितमा छ भने पास गरौं छैन भने अमेरिकालाई भनौं । यो हाम्रो हितमा पाएनौं,’ उनले थपे, ’त्यसपछि ड्यामेज कसरी कन्ट्रोल गर्ने होला ?’ एमसीसीबारे जनतामा मिसइन्फर्मेसन, डिस्इन्फर्मेसन तलसम्म तलसम्म गएको पनि मन्त्री खड्काको भनाइ थियो ।

परराष्ट्र सम्बन्धी सबै विवादित विषयमा राजनीतिक दलहरूबीच सहमतिमा नै अगाडि बढाउनुपर्ने खड्काको बताए ।

 

 

(कान्तिपुरबाट साभार) 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  61  =  64