सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

आज (बुधबार) घट्यो सुनको भाउ, तोलाको कति ?

46
Sana Kishan

साताको चौँथो दिन अर्थात आज (बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । मंगलबार ५०० रुपैयाँ बढेको सुनको भाउ आज बुधबार भने प्रतितोला ४०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन मंगलबार पनि प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

Arus

त्यस्तै, आज तेजावी सुनको भाउ पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ८९ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो मंगलबार तेजावी सुन प्रतितोला ८९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

Nepali Khaja
Karnali Traders

यस्तै, आज सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो मंगलबार पनि चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

लामो समयदेखिको कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुन थालेको छ ।

नेपालीहरुका महान पर्वहरु दशैँ, तिहार, छड, ल्होसार मुखैमा आउँदै गर्दा प्रतिदिन कोरोना भाइरस (कोभिड १९) संक्रमण घट्दै गएको छ । चार्डपर्वमा मुखैमा पछिल्लो समय सुन चाँदीको व्यपार पनि बढ्न थालेको महासंघले जनाएको छ।  नयाँ पुस्ता  बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

3  +  7  =