सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडीको प्रशिद्ध धार्मिक स्थल निङ्गलाशैनी भगवती मन्दिर परिसरमा सरसफाई !!

282
Sana Kishan

 बैतडी- जिल्लाको प्रशिद्ध निङ्गलाशैनी भगवती मन्दिर परिसरमा सरसफाई गरिएको छ । दशरथचन्द नगरपालीका २ देहिमाण्डौमा रहेको उक्त मन्दिर परीसर बुधबार सरसफाई गरिएको हो ।

Arus

नवरात्राको पूर्व सनध्यामा देहिमाण्डौ बजार ब्यवस्थापन समितीका अध्यक्ष तथा समाजसेवी तेज बहादुर बोहराको नेतृत्वमा मन्दिर परिसर र चौगाडो सरसफाई गरीएको छ । बुधबार देखी शुरु हुने नवरात्रा र यहि असोस २७ गते हुने महाअस्टमी जात्राको पूर्व सनध्यामा सरसफाई गरेको अध्यक्ष बोहराले बताउनुभयो ।

Nepali Khaja

Karnali Traders

पर्यावरण सफा नभए मानविय स्वास्थयमा प्रतिकुल असर पर्ने भन्दै व्यपारी धन बहादुर क्षेत्रीलले बेलाबेलामा सबैले सरसफाइ अभियानमा सरिक हुनु पर्नेमा जोड दिनुभयो । यसरीनै मासिक रुपमा सरसफाई गरेमा बजारको गरीमा बढने तथा फोहर कम हुने स्थानीय समाजसेवि गोपाल बोहराको भनाइ थियो ।

सरसफाई अभियानमा व्यापारी ,स्थानीय युवा, देहिमाण्डौ प्रहरी चौकीका सुरक्षाकर्मी, सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो । यस बर्षको नवरात्री महाअस्टमी यही असोज २७ गते परेको छ । अस्टमीमा सयौँ रागा बोकाको बली हुन्छ । प्रशिद्ध निङ्गलाशैनी भगवती मन्दिरको जात्रामा सुदूुरपश्चिका बिभिन्न जिल्ला तथा भारतको पिथौरागढबाट समेत हजारौ दर्शनार्थीहरु मेला भर्न आउने गर्दछन् ।

 (रेडियो बैतडीबाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  26  =  28