

नयाँ युग सापेक्ष नयाँ विद्यार्थी आन्दोलन , वैज्ञानिक समाजवादी शिक्षा प्रणाली र वैज्ञानिक समाजवादी व्यवस्थाको निम्ति सङ्घर्ष गर्ने सङ्कल्प सहित आजको ऐतिहासिक प्रथम सुदुरपश्चिम भेला १९ सदस्यीय सुदुरपश्चिम प्रदेश समिति गठन गरी भव्यताका साथ सम्पन्न भएको भएको छ।

केन्द्रीय सचिव टेकेन्द्र साउँद को उपस्थिति तथा प्रदेश संयोजक द्रोण अवस्थीको संयोजकत्वमा प्रथम सुदुरपश्चिम भेला सम्पन्न भएको संयोजक द्रोण अवस्थीले जानकारी दिनु भएको छ।कार्यक्रम मा बोल्दै बैज्ञानिक समाजबादी बिध्यार्थी संगठन का केन्द्रिय सचिव टेकेन्द्र साउद “सुदर्शन”ले अहिलेका विद्यार्थी संगठनहरुले प्रतिपक्षिय विद्यार्थी आन्दोलनलाई निश्चित पार्टी र नेताहरुको झोले आन्दोलन बनाएको उहाँको आरोप छ ।

अब वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले स्वस्थ प्रतिपक्षिय विद्यार्थी आन्दोलनको आधीवेहरी ल्याउने र शैक्षिक माफियाहरुलाई सखाप पार्दै वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापना गर्ने उहाँले बताउनुभएको छ । अहिलेको शिक्षा प्रणालीले विज्ञान र प्रविधिको युगमा पनि एउटा कोरो उत्पादन विहिन अवैज्ञानिक र धनी , गरिवमा आधारित वर्गिय शिक्षा दिएर लाखौं विद्यार्थीको जिवन ध्वस्त पारेकोले युग सापेक्ष वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको आवश्यकता रहेकोले उत्पादनमुलक शिक्षा भएको, सामाजिक रुपान्तरणमा आधारित , विज्ञान र प्रविधि सम्बन्धित वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको तत्काल आवश्यकता रहेको उहाँले भन्नुभएको छ ।

यसका साथै अहिलेको दलाल पुँजिवादी संसदीय व्यवस्थाले जनताको जनजिवनलाई दिन दुइ गुणा रातगुणा बर्बादी तिर लगिरहेकोले वैज्ञानिक समाजवादी व्यवस्थाको निम्ति पनि सङ्घर्ष गर्ने उहाँले बताउनुभएको छ । वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनको विचार सिद्धान्त नै यो मुलुकको भविष्य निर्माण गर्ने योजना रहेकोले उक्त सङ्गठनको विचार सिद्धान्त पराएर अनेरास्ववियु, नेबि संघबाट पनि विद्यार्थी नेताहरु उक्त सङ्गठनमा आज सङ्गठित हुनु भएको छ ।
प्रदेश संयोजक :- द्रोण अवस्थी सह संयोजक :- राजेन्द्र प्रसाद जोशी सह संयोजक:- योगेश मडै सचिव :- रेविका परियार छात्रा विभाग प्रमुख : मनिशा नेपाली साँस्कृतिक विभाग प्रमुख :- लेखराज बोहरा :- सागर बिक :-सुमित गहतराजविज्ञान प्रविधि विभाग प्रमुख :- लोकराज जोशीजिल्ला संयोजक :-१) कैलाली :- लाल बिश्वकर्मा २) कन्चनपुर :- केसर विश्वकर्मा३) डडेलधुरा:- सागर कैनी४) डोटी :- दिपा थापामगर५) बाजुरा :- लक्ष्मी जोशी६) अछाम :- राम विश्वकर्मासदस्यहरु :-:- पुस्कर ताम्राकार:- नरेश लुहार:- भिम नेपाली:- दिनेश कठरिया
(यो समाचार राजेन्द्र प्रसाद जोशीको सहयोगमा निर्माण गरिएको हो ।)
