सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आईपीएलमा मुम्बईले राजस्थानलाई हरायो, प्लेअफ पुग्ने सम्भावना कायमै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई आठ विकेटले हराएको छ ।

शारजाहमा मङ्गलवार राति भएको खेलमा राजस्थान रोयल्सले दिएको ९१ रनको लक्ष्य मुम्बई इन्डियन्सले ८ ओभर २ बलमा मात्र दुई विकेट गुमाएर भेट्टायो । मुम्बईका इशान किशनले अविजित ५० रन जोड्दै अर्धशतकीय पारी खेले । राजस्थानका मुस्ताफिजुर रहमान र चेतन साकरियाले एक–एक विकेट लिए ।

Sana Kishan

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा नौ विकेट गुमाएर ९० रन बनाएको थियो । राजस्थानका इभिन लेविसले सर्वाधिक २४ रन बनाए । मुम्बईका नाथन कल्टर नायलले चार, जेम्स निशमले तीन तथा जस्प्रित बुम्राहले दुई विकेट लिए ।

World Link Ads
Mahakali Polytechnic

जितसँगै मुम्बईले प्लेअफको सम्भावना कायम राखेको छ । मुम्बई १३ खेलमा १२ अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । समान खेलमा १० अङ्क रहेको राजस्थान सातौँ स्थानमा छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.