सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

सेनाले स्थापना गर्‍यो यु–१३ फुटबल युथ एकेडेमी

127
Sana Kishan

नेपाली सेनाले १३ वर्षमुनिका खेलाडी समावेश हुने (यु–१३) फुटबल युथ एकेडेमी मंगलबार स्थापना गरेको छ।

नेपाली सेनाको विभागीय टीम त्रिभुवन आर्मी क्लबमातहत रहने यु–१३ युथ एकेडेमी अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा स्थापना भएको हो।

Arus

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालयमा खेलाडीलाई फुटबल हस्तान्तरण गरी सेनाको पहिलो युथ एकेडेमी सुरु भएको घोषणा गरे।

Nepali Khaja

त्रिभुवन आर्मी क्लबले एएफसी क्लब लाइसेन्स लिएपछि १३ वर्षमुनि र १८ वर्षमुनिका खेलाडीको टिम क्लबमातहत रहनुपर्ने प्रावधानअनुसार एकेडेमी स्थापना गरिएको हो।

एकेडेमी सुरु हुनुअघि मुलुकभरबाट पहिलो चरणमा १ सय ६६, दोस्रो चरणमा ७२ र तेस्रो चरणमा ४२ जना खेलाडी छनोट गरिएको थियो।

Karnali Traders

उनीहरूलाई ३ विभागीय टोली (सेना, सशस्त्र र प्रहरी)मा १४÷१४ जना पठाइएको छ। सेनाले १४ मध्ये अतिविपन्न युथ खेलाडीलाई सैनिक महाविद्यालयमा अध्ययनका लागि छात्रवृत्तिसमेत दिएको छ।

त्रिभुवन आर्मी क्लबले खेलाडी उत्पादन गर्ने प्रमुख केन्द्रका रूपमा एकेडेमीलाई पूर्णता दिन देशभरका सैनिक विद्यालयबाट उत्कृष्ट १ सय ५० खेलाडी एकीकृत गराई तीमध्येबाट ११ खेलाडी छानेको थियो।

सेनाले १४ र पछि छानिएका ११ समेत गरी २५ युथलाई भदौ २७ देखि प्रशिक्षण दिइरहेको छ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले देशका ६० ठाउँमा खेल केन्द्र सञ्चालन गरिरहेको र तीमध्ये ४ वटामा सेनाले सहयोग गरिरहेको बताए। उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

8  +  1  =