सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

एमालेले संसदमा नाराबाजी मात्रै ग¥यो, जवाफ सुन्नै चाहेन : दिलेन्द्र बडु

150
Sana Kishan

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले संसदमा नाराबाजी मात्र गर्ने र जवाफ सुन्न नचाहेको बताएका छन् । सभामुखले संसदीय परम्परा, मूल्य मान्यता र प्रतिनिधिसभा नियमावलीबारे बारम्बार सजग गराएपनि एमालेले त्यो सुन्नै नचाहेको उनको भनाइ छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद बडुले संसदमा उठेका कालो धन लगायतका विषयमा सम्बन्धित पक्षले जवाफ दिनका लागि पनि संसद खोल्नुपर्ने बताए ।

Arus
Karnali Traders

‘कालोधनको नारा दिनुहुन्छ, त्यसको जवाफ दिने कसले ? उहाँले एकोहोरो नारा त लगाइरहनुभएको छ । संसदीय परम्परा, मान्यता र हाम्रो प्रतिनिधिसभा नियमावलीले भनेका विषयहरु सभामुखले एकोहोरो सुनाइरहनुभएको छ, तर उहाँहरु त्यसलाई सुन्न तयार हुनुहुन्न,’ उनले भने, ‘सम्बन्धित पक्षले जवाफ दिन्थ्यो होला हाउसमा, हाउस चल्न दिएको भए । जे–जे नारा दिनुभएको छ पर्याप्त छ । अब त्यसको जवाफ सुन्नलाई हाउस चल्न दिनुपर्छ अनि मात्र उहाँहरुको एकोहोरो नाराको अर्थ हुन्छ ।’ अनलाइनखबर बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

4  +  3  =