सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

दशैंका लागि झुलाघाट नाकाबाट स्वदेश फर्कने बढे, सीमामै कोरोना परीक्षण

36
Sana Kishan

दशैं नजिकिँदै गर्दा भारतसंग सीमा जोडिएको झुलाघाट नाकाबाट स्वदेश फर्कनेको संख्या बढ्दै गएको छ । गएको एक हप्ता यता सीमा नाकाबाट स्वदेश फर्कनेको संख्या बढेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । उनले भने ‘अहिले सीमा नाकाबाट दैनिक एक सय बढी नागरिक स्वदेश फर्किरहेका छन् । सुदूर तथा कर्णाली प्रदेशका नागरिक यो नाकाबाट स्वदेश फर्किरहेका छन् ।’

रोजगारीका लागि भारतका विभिन्न शहर पसेका नेपाली नागरिक दशैंका लागि घर फर्किने क्रम बढेको झुलाघाटका व्यापारी जयसिंह भाटले बताए । उनले भने ‘हरेक बर्ष दशैंको समयमा झुलाघाट नाकाबाट स्वदेश फर्कनेहरु बढ्ने गर्दछन् ।’

Arus

रोजगारीका लागि भारत पसेका सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिक दैनिक रुपमा स्वदेश फर्कने गरेको सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ ।

Nepali Khaja
Karnali Traders

झुलाघाट नाकाबाट दशैंका लागि घर फर्कने सबै नागरिकको सीमामै कोरोना परीक्षण गरेर मात्रै पठाउने गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सीमामै एन्टीजेन परीक्षण गरेर रिपोट नेगेटिभ आएकाहरुलाई मात्रै पठाइने गरिएको छ । कोरोना पोजेटिभ आएकाहरुलाई आइसोलेसनमा बस्न सिफारिश गर्ने गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

झुलाघाट नाकामा गएको चैतदेखि सञ्चालन भएको हेल्थ डेस्क मार्फत कोरोना परीक्षणको काम हुँदै आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । अहिले दशैंको समयमा बढी नागरिक सीमा नाकाबाट फर्किने भएकाले कोरोना परीक्षण जारी रहेको उनले बताए । सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

4  +  2  =