

अत्तरिया आउदै गरेको बसले ठक्कर दिदाँ पैदल यात्रुको मृत्यु भएको छ ।
अत्तरिया धनगढी ६ लेन सडकअन्तर्गत धनगढीवाट अत्तरिया तर्फ आउदै गरेको ना ८ ख २२४२ नम्बरको बसले राजपुरमा ठक्कर पैदल यात्रुको मृत्यु भएको हो ।


मृत्यु हुनेमा दार्चुलाका ४५ वर्षीय गणेश बर्मा सुनार रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

बसको ठक्करवाट गम्भिर घाईते भएका सुनारको धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । गोदावरी न्युज बाट सभार
