सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चट्याङ लागेर बैतडीमा एकजनाको मृत्यु, ३ जना घाइते

बैतडीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका ५ खालीबाटाका २७ बर्षीय महेश लुहारको सोमबार साँझ चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै चट्याङ लागेर तीन जना घाइते पनि भएका छन् । घाइते हुनेमा मृतकका दाजु अम्बे लुहार, मृतकका भिनाजु डिलाशैनी ३ का हरिचन्द्र कोली र दार्चुलाको शैल्यशिखरका दीपक महर रहेका छन् ।

सोमबार साँझ ६ बजेतिर डिलाशैनी ७ स्वाखानीबाट भैंसी किनेर ल्याउँदै गर्दा परेको चट्याङले ७० हजारमा किनेको भैंसी समेत मरेको स्थानीय मनिराम भुलले बताए । मृतक लुहारका श्रीमति र एक छोरा छन् ।

Sana Kishan

घटनाको बिषयमा जानकारी आएपछि गोकुलेश्वर प्रहरीचौकीबाट अहिले प्रहरीको टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । सगुन खबर बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.