सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नारायण कंडेलको शब्द र कुशल बेल्वासेको स्वरमा रुवाउने गीत

अर्घाखाँची जिल्लामा जन्मिएर काठमाडौंंमा एक दशक भन्दा बढी नेपाली गीत संगीतमा संघर्ष गर्दै आएको नाम हो कुशल बेल्बासे । उनको आवाजमा सजिएको रातो घलेकीमा,हातैका पौजाले र शनिसार जस्ता चर्चित गीतहरु नसुन्ने नेपाली सायदै कमै छन् । रातो घलेकीमा, माली गाइले बाछी चाटेको , हातैका पौजाले , शनिसार लगायतका थुप्रै गीतहरुमा उनले आवाज भरिसकेका छन् ।

भर्खरै मात्रै उनको लय सिर्जना तथा स्वरमा उतै जान पर्छ बोलको गीत सार्वजनिक भएको छ।जसमा नारायण कंडेलको शब्द सिर्जना त्यसैगरी नवराज उप्रेतीको छायांकन र मिलन विश्वकर्माको सम्पादनमा विनोद भण्डारी र जुना गुरुङको अभिनय रहेको यस गीतमा निर्देशन भने भण्डारी आफैले गरेका हुन् ।पूरा भिडियो हेर्नको लागि तल दिएको लिन्क ओपन गर्नुहोला ।

यो पनिः काठमाडौं । एनएमबी माइक्रोफाइनान्स लिमिटेड सोताङमा कार्यरत कर्मचारी एक सातादेखि बेपत्ता बनेका छन् । सोताङ गाउँपालिका–१ हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी कार्की गत शुक्रबार ४ः२५ बजेदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार अपराह्न ४ः२२ बजे साथिलाई सन्देश पठाएको र ४ः२५ बजेदेखि मोबाइल अफ भएको छ । मासिक बैठक सञ्चालनका लागि माप्य दूधकोशी–६ र ७ वाकुमा दुई कर्मचारीसँगै गएका भए पनि सोलाबनबाट हाकुला झर्नेक्रममा छुट्टिएपछिको अवस्था थाहा नभएको मनकुमारीका बुबा चित्रबहादुर कार्कीले बताए ।

सम्पर्कविहीन भएको थाहा हुने बित्तिकै स्थानीयवासी, वाकु प्रहरीचौकी र इलाका प्रहरी कार्यालय सोताङकाटबाट प्रहरी निरीक्षक नवीन राईको टोली परिचालन भए पनि पत्ता लगाउन नसकेपछि सोमबार जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालको टोलीसमेत घटनास्थल पुगेको थियो ।

अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक कटवालको टोली दुई दिनपछि जिल्ला फर्किएको छ भने एक हप्तापछि प्रहरी निरीक्षक राईको टोलीसमेत फर्केको छ । अहिले प्रहरीचौकी वाकुको टोलीले त्यस क्षेत्रमा अनुसन्धानसहित खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ । घटनास्थलबाट फर्केको टोलीले अहिले थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक कटवालले जानकारी दिए । tufanmedianews.com बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.