सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पार्टीभित्र फरक मत छैन, एमाले विभाजन नभएको फेरि पुष्टि भएको छ : विष्णु पौडेल

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले पार्टीभित्र फरक मत नरहेको बताउनुभएको छ । पार्टीका सङ्गठन विभाग प्रमुखसमेत रहनुभएका उपमहासचिव पौडेलले पार्टी विचार, सङ्गठनसहित सबै हिसाबले एकताबद्ध रहेको दाबी गर्नुभयो । उहाँले पार्टीको विधान महाधिवेशनमा पार्टीभित्र फरक मत कसैले पनि नराखेको स्पष्ट पार्नुभयो ।

आज सोमवार भर्खरै (हिजो) सम्पन्न पार्टीको विधान महाधिवेशनसँग केन्द्रित रहेर कुरा गर्दै उपमहासचिव पौडेलले पार्टीका अर्का उपमहासचिव घनश्याम भुसालप्रति सङ्केत गर्दै पार्टीको विधान महाधिवेशनमा औपचारिक रूपले कसैले फरक मत नराखेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको औपचारिक, आधिकारिक निकायमा, कमिटीमा होला, महाधिवेशनमा होला । ती ठाउँमा व्यक्तिले आफ्नो विचार व्यक्त गर्छ । कमिटीले अथवा अधिवेशनले निर्णय गर्छ । त्यो निर्णयमाथि कसैको असहमति रह्यो भने उसले औपचारिक रूपले बैठकको माइन्युटमा दर्ज गर्नुपर्छ । औपचारिक रूपमा दर्ज भयो भने त्यसलाई फरक मत मानिन्छ । यदि कसैले औपचारिक रूपमा फरक मत राखेन भने ऊ पार्टीको निर्णयसँग सहमत भयो भन्ने मानिन्छ । हामीले यो प्रणाली नै विकास गरेका छौँ । यस पटक कसैले पनि पार्टीमा फरक मत राखेको होइन । विचार त सबैले व्यक्त ग¥यौँ, सबै ठाउँमा हामीले आफूलाई लागेका कुरा बोल्यौँ । तर औपचारिक निर्णय हुन्छ । त्यो निर्णयसँग भने कोही पनि असहमत भएको र कसैले पनि फरक मत प्रस्तुत गरेको अवस्था होइन । त्यस कारणले पार्टीमा फरक मतको अवस्था नै छैन । पार्टी विचारमा, सङ्गठनमा सबै हिसाबले एकताबद्ध छ ।’

World Link Ads
Mahakali Polytechnic

उपमहासचिव पौडेलले विधान महाधिवेशनले पार्टी विभाजन नभएको पुनर्पुष्टि गरेको बताउनुभयो । विधान महाधिवेशनको उपस्थितिले, त्यहाँ भएको छलफलले र रिर्पोटिङपछि पार्टी विभाजन नभएको आफूहरूको निष्कर्ष सही साबित भएको उहाँको तर्क छ । उपमहासचिव पौडेलले माधव नेपालप्रति सङ्केत गर्दै स्वार्थवश, कुन्ठावश, ईर्ष्यावश केही साथीहरू अलग भएको र भ्रममा परेर पार्टी छाडेकाहरू पुनः फर्किने क्रम सुरु भएको पनि बताउनुभयो ।

Sana Kishan

उ​​हाँ भन्नुभयो, ‘नेकपा एमाले विभाजन भएको छैन भनेर हामीले भन्दै आएका थियौँ, त्यो निष्कर्षलाई यो महाधिवेशनमा भएको उपस्थितिले, छलफलले पुनर्पुष्टि गरेको छ । एमाले विभाजित भएको छैन ।’

उपमहासचिव पौडेलले एमालेको राष्ट्रिय महाधिवेशन निर्धारित समयमै हुने र त्यसले राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई अझ बढी प्रभावकारी बनाएर लैजाने विश्वाससमेत व्यक्त गर्नु भयो । हिजो (आइतवार) सम्पन्न एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन आउँदो मङ्सिर १०, ११ र १२ गते बुटवलमा हुने घोषणा गर्नुभएको थियो । उपमहासचिव पौडेलले त्यो महाधिवेशन तोकिएकै मितिमा सफलतापूर्वक सम्पन्न हुने बताउनुभयो ।

उहाँले पार्टीको विधान महाधिवेशन पार्टी जीवनमै पहिलो पटक एकमतका साथ सम्पन्न भएको स्पष्ट पार्नुभयो । उपमहासचिव पौडेलले भन्नुभयो, ‘एकता भावका साथ प्रवेश ग¥यौँ । एकता भावका साथ छलफल ग¥यौँ । सहमति र सर्वसम्मतिले निर्णय ग¥यौँ, एकताबद्ध भएर हल बाहिर निस्कियौँ ।’ उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.