सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आमाले गाउने गीत बच्चाहरुका लागि फाइदाजनक

बच्चालाई काखमा लिएर उनीहरुलाई सुताउनका लागि आमाले सानो स्वरमा बच्चाकै लागि मायाले भरिएको गीत (लोरी) गुन्गुनाउँछिन् । त्यस्ता गीतहरु बच्चालाई उनीहरुका आमाहरुले मात्र होइन, उनीहरुका हजुर आमा, फुपुहरुले सुनाउँछन् । तीनै गीतहरुलाई एउटी छोरीले आफू आमा बनेपछि पुनः आफ्ना सन्तानहरुलाई सुनाउँछिन् ।

भनिन्छ, साना बच्चाहरुलाई राम्रो निन्द्राका लागि प्राचिन कालदेखि नै आमाहरुले त्यसरी गीत सुनाउँदै आएका छन् । त्यसो गर्नुको पछाडि केवल बच्चा सुताउने मात्र नभएर बच्चालाई लोरी सुनाउनुका अन्य विभिन्न कारणहरु तथा फाइदाहरु पनि छन् । लोरी गाउनुको कारण र फाइदाहरु यस प्रकार छन् ।

आमा र बच्चाबीच प्रगाढ सम्बन्ध

World Link Ads
Mahakali Polytechnic

आमाको लोरीको आवाज कानमा पर्नासाथ बच्चा कुन बेलामा निदाउँछ भन्ने कुरा थाहा नै हुँदैन । आमाको लोरी सुन्दै सपनाको संसारमा हराउनुको सुखद अनुभव ठुलो भएपछि पनि तपाईंको सम्झनामा बसिरहेको हुन्छ । लोरीले आमा र बच्चाको सम्बन्धलाई अझ बढि बलियो बनाउने काम गर्छ र दुवैलाई झन् नजिक ल्याउँछ ।

आमाको लोरीको आवाजमा एक प्रकारको अनौठो कुरा हुन्छ, जसले बच्चामा जादु जस्तै काम गर्छ । विशेषज्ञहरु पनि भन्छन्–ुलोरीको रुपमा जुन आवाज बच्चाहरुले सुन्छन्, विस्तारै–विस्तारै उसले आफु लोरीसंग जोडिएको महसुस गर्न थाल्छ ।

बच्चाको दिमागी विकास

आमाको लोरीले बच्चालाई एक प्रकारको सुखद अनुभुति प्रँप्त हुन्छ । लोरी सुन्नाले बच्चाको मस्तिष्कको पनि विकास हुन्छ । वास्तवमा आमाको लोरीले बच्चाको दिमागका विभिन्न भागहरुलाई एकै पटक उत्तेजित गरिदिन्छ, जसले बच्चाको दिमागी विकास हुन्छ । यसलाई मेडिकल भाषामा म्यूजिकल लर्निङ पनि भनिन्छ । लोरी सुनेर बच्चाले अलग–अलग आवाजबीचको फरक छुट्याउन पनि सिक्छ ।

लोरीले बच्चाको डर हराउँछ

विशेषज्ञहरुका अनुसार आमाबाट लोरी सुनेर बच्चा भित्रको डर र कुनै पनि किसिमको खतराप्रतिको रक्षा र प्रतिरोधको भावना विकसित हुन्छ । यसले बच्चाको बौद्धिक र भावनात्मक विकास पनि हुन्छ । लोरी सुन्दा आमासंगै भएको महसुस पनि हुन्छ र त्यहि महसुसले उनीहरुलाई निडर पनि बनाउँछ । बच्चाहरुले विस्तारै– विस्तारै खतराहरुको सामना गर्न सिक्छन् । त्यस प्रकारको लोरीले बच्चालाई स्वयंमा भरोसा गर्न पनि सिकाउँछ ।

Sana Kishan

लोरीले बच्चालाई राम्रो निन्द्रा

आमाहरुले लोरी गाउँछन् किनभने उनीहरु आफ्ना बच्चाहरु राम्रोसंग सुतून् भन्ने चाहन्छन् । यदि बच्चाहरु राम्रोसंग सुत्न सकेनन् भने उनीहरुलाई चिडचिडा र थकानको महसुस हुन थाल्छ । त्यस्तो स्थितिमा लोरीले बच्चामाथि जादु जस्तै असर गर्छ । फलस्वरुप उनीहरु गहिरो निद्रामा पुग्छन् ।

बच्चाको भाषा पनि राम्रो

लोरी सुन्ने बच्चाहरुको भाषा सिक्ने क्षमता पनि बढ्छ । वास्तवमा आमाले जब हरेक दिन आफ्ना बच्चालाई एउटै लोरी गाएर सुनाउँछिन्, तब लोरीमा प्रयोग भएका शब्दहरु बच्चाहरुलाई विस्तारै–विस्तारै याद हुन थाल्छ र पछि बच्चाले तिनै शब्दहरुको सही प्रयोग गर्न सिक्छन् । वास्तवमा लोरी कुनै छोटो कविता जस्तो हुन्छ, जसको प्रयोगले बच्चालाई भाषा सिक्न पनि सहयोग गर्छ ।

आमाको लागि पनि फाइदाजनक

अमेरिकास्थित मियामीको फस्ट स्कूल अफ म्यूजिकका अनुसन्धानकर्ताहरुद्वारा गरिएको एउटा अध्ययनका अनुसार बच्चालाई लोरी सुनाउनाले केवल उनीहरुको स्वास्थ मात्र होइन आमाहरुको स्वास्थ्य पनि राम्रो हुन्छ । बच्चा जन्मेपछि नयाँ आमामा जुन प्रकारको तनाव, डिप्रेशन र नकारात्मक कुराहरुको सामना गरिरहनु परेको हुन्छ, लोरीको माध्यमबाट ती कुराहरुबाट ध्यान हटाउन सहयोग पुग्छ । त्यस्तै आमाको लोरी सुनेर जब बच्चा मुस्कुराउँछ, तब आमाको मन भित्र सकारात्मक शक्तिको सञ्चार हुन्छ ।

वृद्धाहरुका लागि पनि फाइदाजनक

म्यूजिक अथवा लोरी जसरी सानो बच्चाहरुका लागि फाइदाजनक हुन्छ, त्यसरी नै वृद्धाहरुका लागि पनि फाइदाजनक हुन्छ । यो कुराको विभिन्न सर्वेक्षणहरु भएका छन् । तर वृद्धाहरुलाई कस्तो प्रकारको म्यूजिक फाइदाजनक हुनसक्छ भन्ने कुरामा केन्द्रित भएर अहिले वैज्ञानिकहरुले सर्वेक्षण शुरु गरेका छन् । वास्तवमा ठुलो संख्याका वृद्धाहरुलाई कम निन्द्रा लाग्ने समस्या हुन्छ । त्यस्तो अवस्थामा चेन्नाईमा भएको एउटा अध्ययन अनुसार लोरी अथवा त्यस्तै प्रकारको कुनै आनन्द र शान्ति प्रदान गर्ने संगीत सुन्नाले स्ट्रेस हार्मोनहरु कम हुन्छन्, जसका कारण निन्द्रा राम्रोसंग लाग्छ । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.