सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

विद्युत् प्राधिकरणले इन्टरनेटको तार नकाट्ने, सेवा प्रदायकले पोल प्रयोगको विवरण बुझाउने सहमति

170
Sana Kishan

पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकका तार काट्ने निर्णयबाट नेपाल विद्युत् प्राधिकरण पछि हटेको छ ।

आज आइतवार उर्जा मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा मन्त्रालय, विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानको बैठकपछि प्राधिकरण तार नकाट्न सहमत भएको हो ।

Arus
Karnali Traders

हिजो शनिवार काटिएका धेरै ठाउँका तारको जडान भइसकेको पनि प्राधिकरणले जनाएको छ । भाडाको विवाद समाधान गर्नका लागि सञ्चार मन्त्रालयका सहसचिवको नेतृत्वमा एक समिति पनि गठन भएको छ । अब प्राधिकरणले सेवा प्रदायकहरूको तार नकाट्ने र सेवा प्रदायकहरूले कात्तिक ३० सम्म आफूले प्राधिकरणको पोल प्रयोग गरेको विवरणसहित सम्झौता नवीकरण गर्नुपर्नेछ ।

Nepali Khaja

भाडा विवादबारे विस्तृतमा अध्ययन गर्न सञ्चार मन्त्रालयका सहसचिव संयोजक रहने गरी कार्यदल गठन गरिएको छ । कार्यदलमा ऊर्जा मन्त्रालय, विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण र सेवा प्रदायकहरूको प्रतिनिधित्व रहने सञ्चार मन्त्रालयका सहसचिव विनोदप्रकाश सिंहले जानकारी दिनुभयो । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

56  +    =  61