सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ताइवानको रक्षा क्षेत्रमा दर्जनौं चिनियाँ सैन्य विमान प्रवेश

ताइवानले शनिबार ताइवानको रक्षा क्षेत्रमा ३९ सैन्य विमान उडाएको छ ।

ताइवानको रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार चीनले दुईपटक गरेर उक्त संख्यामा सैन्य विमानहरु ताइवानको रक्षा क्षेत्रमा पठाएको हो । यसअघि गत शुक्रबार पनि न्युक्लियर क्षमताका बमवर्षकसहित ३८ विमान ताइवानको रक्षा क्षेत्रमा प्रवेश गरेका थिए ।

Sana Kishan

चीनले ताइवानलाई आफ्नो एक प्रान्तको रुपमा मान्दै आएको छ । यद्यपि ताइवानले भने आफूलाई एक स्वतन्त्र मुलुक भएको दाबी गर्दै आएको छ । ताइवानले लामो समयदेखि चीनले आफ्नो सार्वभौमसत्ताको सम्मान नगरेको भन्दै आपत्ति जनाउँदै आएको छ । ताइवानले अहिले चीन सैन्य आक्रामकतातर्फ देखिएको र यसले क्षेत्रीय शान्तिमा असर पारेको बताएको छ ।

World Link Ads
Mahakali Polytechnic

यस विषयमा चीनले भने कुनै प्रतिक्रिया दिएको छैन । यसअघि भने चीनले यस्ता गतिविधि आफ्नो सार्वभौमसत्ताको रक्षाको लागि गर्ने गरिएको दाबी गर्दै आएको छ । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.