

एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा विराटनगर वारियर्सले काठमाण्डौ किङ्स इलाभेनलाई सात रनले हराएको छ ।
त्रिविको ओसिलो मैदानका कारण आठ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले एक सय चार रन बनाएको थियो । विराटनगरका लागि अनिल साहले १६ बलमा पाँच छक्कासहित ४५ र रायन पठानले ११ बलमा ३० रन बनाए । काठमाण्डौका गुलशन झा, रायन बर्ल र सन्दीप लामिछानेले समान एक–एक विकेट लिए ।


एक सय पाँच रनको लक्ष्य पछ्याएको काठमाण्डौले निर्धारित आठ ओभरमा तीन विकेट गुमाएर ९७ रनमात्रै बनायो । काठमाण्डौका लागि सुवास खकुरेलले १० बलमा २६, रहमानउल्लाह गुर्वाजले २८ र राजु रिजालले २४ रन बनाए । विराटनगरका रायन पठानले दुई र प्रतिस जीसीले समान एक–एक विकेट लिए ।

जितसँगै विराटनगरले पाँच खेलमा पहिलो जित निकाल्दै दुई अङ्क बटुलेको छ । तीन खेल खेलेको काठमाण्डौको पनि दुई अङ्क नै रहेको छ । उज्यालो अनलाइन बाट सभार
