सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार ५५ अङ्कभन्दा धेरैले घट्यो

हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ५५ दशमलव ९३ अङ्कले घटेर दुई हजार पाँच सय ७७ दशमलव ४९ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, होटल र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय ३२ कम्पनीको शेयर कारोबार भएकोमा १७ वटाबाहेक सबै कम्पनीको शेयर घटेको छ ।

Sana Kishan

गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स र रैराङ हाइड्रोको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

World Link Ads
Mahakali Polytechnic

आज दुई सय ३२ कम्पनीका ८९ लाख ४८ हजार कित्ता शेयर चार अर्ब ११ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको १५ करोड रुपैयाँको शेयर किनबेच भएको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.