

बैतडी-जिल्लाको पाटन नगरपालिका ९ स्थित ज्ञानेश्वर नमुना माविका शिक्षक र बिद्यार्थीमा कोरोना देखिएको छ । बिद्यालयका अनुसार एक जना शिक्षक र एक जना बिद्यार्थीमा कोरोना पुष्टि भएको छ । कक्षा ५ मा अध्यानरत छात्रा र शिक्षकमा कोरोना देखिएको बिद्यालयका सहायक प्रद्यानाध्यापक धन बहादुर महराले जानकारी दिनुभयो । कोरोना पुष्टि भएका शिक्षक र बिद्यार्थी होम आइसोलेसनमा रहेको उहाले बताउनुभयो ।

शिक्षक र बिद्यार्थीमा कोरोना देखिएपछि तत्कालै बिद्यालय बन्द गर्न सकिने अवस्था नरहेको पनि बिद्यालयले जनाएको छ । लक्षण सहितका थप संक्रमित भेटिएपछि मात्रै बिद्यालय बन्द गरिने जनाइएको छ । कोरोना पुष्टि भएका दुबैको सम्पर्कमा आएकाहरुको पनि स्वाब संकलन गरिएको पाटन नगरपालिकाका स्वास्थ्य साखा प्रमुख मदन सिह मरहाले जानकारी दिनुभयो । शिक्षक बिद्यार्थी गरी १ सय ६ जनोको स्वाब संकलन गरिएकोमा २५ जनाको रिर्पाेट नेगेटिभ आएको र अन्यको रिपोर्ट आउन बाकी रहेको जनाइएको छ ।

(सेभेन स्टार बाट साभार)
