सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

अपहरित भारतीय नागरिकको नागरिकको नेपालबाट उद्धार !!

68
Sana Kishan

 

भारतमा अपहरण गरी नेपाल ल्याइएका एक जनाको सप्तरीमा प्रहरीले उद्धार गरेको छ । अपहरित भारतीय नागरिकको सप्तरीको बलान बिहुल गाउँपालिकाबाट उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।

Arus

अपहरणमा परेका भारतको बिहार राज्य अन्तर्गत मधुबनी जिल्लाको लौकाहा ग्राम पन्चायत वडा नम्बर ९ बस्ने २२ बर्षका शंकरकुमार साहको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

 

Nepali Khaja

बलान बिहुल गाउँपालिका वडा नम्बर ५ रामनगरस्थित नेपाल भारत सीमानजिक झाडीमा खुट्टामा साङ्लोले बाँधेर राखिएको अवस्थामा साहको उद्धार गरिएको उनले बताए ।

Karnali Traders

साहको अज्ञात समूहले अपहरण गरी नेपालको दशगजातर्फ लगेको सूचना भारतीय प्रहरीले दिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले अपहरितको खोजी गरेको थियो ।

अपहरित साहलाई उद्धार गरिएपनि अपहरणकारी फेला नपरेको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए ।

उक्त स्थानमा एनसेल कम्पनीको नेपाली सिमकार्ड प्रयोग भएको एउटा मोबाइल सेट फेला परेको छ । एक थान फेला परेको प्रहरीले जनाएको छ ।

 

(अनलाइनखबरबाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

70  +    =  71