सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पार्टीलाई केन्द्रमा राखौं, नेतृत्वको आलोचना सार्वजनिक मञ्चमा नगरौं : महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा बहुमत ल्याएर पार्टीको एकल सरकार बनाउने गरी सक्रिय हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

आगामी चुनावमा बहुमत ल्याएर एकल सरकार बनाउने प्रतिबद्धताका साथ आमनागरिकको सेवामा उत्रिन नेता महतले कांग्रेसका कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूलाई आग्रह गरेका हुन्।

शनिबार नेपाली कांग्रेस बूढानीलकण्ठ नगर समितिको दोस्रो अधिवेशनको उद्घाटन गर्दै सहमहामन्त्री डा. महतले कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनेको भए पनि यो विभिन्न वैचारिक धरातलमा उभिएका राजनीतिक दलहरूको गठबन्धन सरकार भएकोले प्रधानमन्त्रीले फुकीफुकी कदम चाल्नु परेको बताए।

World Link Ads
Mahakali Polytechnic

उनले अघिल्लो निर्वाचनमा अधिक मत पाएको राजनीतिक दल सरकार सञ्चालन गर्न असक्षम भएकोले संविधान अनुरुप नयाँ सरकार गठन गर्ने अवस्था सिर्जना भएको उल्लेख गरे।

Dirghayu Ads

‘वर्तमान सरकारले संविधान अनुरुप राज्य सञ्चालन गर्ने, देशमा कानुनी शासन कायम गर्ने, लोकतन्त्र र संविधानको रक्षा गर्ने, आमनागरिकलाई विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको भयबाट मुक्ति दिने र पूर्ववर्ती सरकारले खल्बल्याएको वैदेशिक सम्बन्धलाई सुमधुर बनाउँदै देश र जनताको हितमा काम गरिरहेको छ’ महतले भने।

Sana Kishan

सत्ता साझेदार दलहरूको घुर्की,धम्की,अनुनय र विनयका आधारमा चल्ने सरकारबाट नेपाली कांग्रेसले लिएका नीति, कार्यक्रम र लक्ष्यहरू हासिल हुने गरी सरकारले काम गर्न नसक्ने स्पष्ट पार्दै महतले आउने निर्वाचन जितेर एकल सरकारमार्फत आफ्ना कार्यक्रम लागू गर्न तयारी अवस्थामा रहन कार्यकर्ताहरूलाई आग्रह पनि गरे।

क्रियाशील सदस्यहरू नै नेपाली कांग्रेसको जग भएकोले निरन्तर सक्रिय रहन पनि उनले आग्रह गरे। पार्टीको विचार जनतासमक्ष लैजाने जिम्मेवारी क्रियाशील सदस्यको काँधमा रहेको पनि उनले बताए। उनले क्रियाशील सदस्यलाई उम्मेदवार हुने मतदान गर्ने सबै अधिकार रहेको उल्लेख गर्दै जोसँग प्रतिबद्धता छ र पार्टी निर्माण गर्ने संकल्प छ त्यसले क्रियाशील सदस्यता पाएको बताए।

महतले नेपाली कांग्रेसले अंगिकार गरेका आदर्श, सिद्धान्त, मूल्य, मान्यताले मात्र व्यक्तिको योग्यता र क्षमताको कदर गर्ने सबैलाई व्यक्तित्व विकासका समान अवसर दिने बताए। पार्टीमा अहिले वैचारिक पक्ष कमजोर हुँदै गएको र त्यसको स्थान व्यक्तिवादी प्रवृत्तिले लिंदै गएकोमा उनले चिन्ता पनि प्रकट गरे। महतले भने, ‘व्यक्ति बलियो भएर पार्टी बलियो हुँदैन।

पार्टी बलियो भए सबै बलियो हुने हो। पार्टी र संस्थालाई केन्द्रमा राखौं।’ उनले पार्टी कार्यकर्ताहरूलाई पार्टीभित्रका कमजोरी र नेतृत्वको आलोचना सार्वजनिक मञ्चमा नभएर पार्टीका उपयुक्त निकायमा गर्न पनि आग्रह गरे।

पार्टी समान विचारका नागरिकहरूको विस्तारित परिवार भएकोले परिवारको मर्यादालाई कायम गर्न पनि कार्यकर्तासँग अनुरोध गरे। थाहा खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.