सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विराटनगरलाई हराउँदै पोखरा दोस्रो स्थानमा उक्लियो

एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा पोखरा राइनोजले विराटनगर वारियर्सलाई सात विकेटले हराएको छ । त्रिवी क्रिकेट मैदानमा विराटनगरले दिएको एक सय ७३ रनको लक्ष्य पोखराले १४ बल अघि मात्रै तीन विकेट गुमाएर भेटायो ।

Sana Kishan

पोखराको जीतमा विदेशी खेलाडी असेला गुणारत्नेले नटआउट ५० रन बनाए । विराटनगरका प्रतिस जिसी, सिकन्दर राजा र हरि चौहानले विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले आरिफ शेखको ४४ रनको मद्दतमा पाँच विकेट गुमाएर एक सय ७२ रन बनाएको थियो । आजको जीतसँगै पोखरा पाँच अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । विराटनगर भने चार खेलमा कुनै पनि अंक बटुल्न नसकी पुछारमा रहेको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.