सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

हामीले हिजोका मात्रै ’गला’ मिलाएर बस्छौँ भनेर हुन्छ, नयाँलाई समेट्न परेन ? : नेता भट्टराई

53
Sana Kishan

जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वमाओवादीहरू एकै ठाउँमा आउने कुरा भावनात्मक कुरामात्रै भएको टिप्पणी गर्नुभएको छ । आज शुक्रवार प्रगतिवादी कवि दिलीपकुमार श्रेष्ठको ‘सपनाको पाण्डुलिपि’ गीति सङ्ग्रह विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

पूर्वमाओवादी एक ठाउँमा आउने भन्दा पनि नयाँ विचार र सङ्गठनको आवश्यकता रहेको नेता भट्टराईले उल्लेख गर्नुभयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरू एक ठाउँमा आउनुपर्ने बताएपछि नेता भट्टराईले यस्तो टिप्पणी गर्नुभएको हो ।

Arus

उहाँले भन्नुभयो, ‘भावनाको हदसम्म साथीहरूले भनेको कुरा सही छ । तर त्यो भावनाले ज्ञान र विज्ञानमा पनि त परिणत गर्नुप¥यो । विवेकसँग ज्ञानमा पनि बदल्नुप¥यो । त्यो भनेको नयाँ विचार हो । नयाँ विचार सँगसँगै पार्टीको पनि नयाँ सङ्गठन, नयाँ ढाँचा हो । त्यसैले त्यसमा पहिले बहस छलफल गरौँ । अनि त्यसको आधारमा हामी मात्रै भएर पनि त पुग्दैन । नयाँ जनसङ्ख्या आयो, तिनलाई समेट्नुपरेन ? हामीले हिजोका मात्रै गला मिलाएर बस्छौँ भनेर हुन्छ ? सही विचार, नीति, कार्यक्रम र योजनाको आधारमा फेरि नयाँ ढङ्गले हामी अगाडि बढौँ । सबै पूर्वमाओवादी एकै ठाउँ आऊ भन्ने होइन, सबै पूर्वमाओवादीहरू नयाँ ठाउँमा जाऔँ भन्नुप¥यो क्या । नयाँ ठाउँमा गएपछि त्यसले चाहिँ यो देशको मात्रै होइन, विश्व मानव जातिकै निम्ति योगदान गर्न सक्छ ।’

Nepali Khaja
Karnali Traders

अध्यक्ष भट्टराईले केपी ओलीले गरेको प्रतिगमन परास्त भए पनि प्रतिगमनको नयाँ संस्करण आउन सक्ने बताउनुभयो । ’अर्ली इलेक्शन’ को नाममा फेरि कांग्रेस र एमालेलाई अगाडि ल्याउने र माओवादीलगायतका मधेश जनजाति आन्दोलनबाट आएको उपलब्धिलाई उल्ट्याउने प्रयत्न भइरहेको उहाँले बताउनुभयो ।

अध्यक्ष भट्टराईले अग्रगामी शक्तिहरू प्रतिगमनको विरुद्ध एक हुनुपर्ने र आवश्यकताअनुसार चुनावी तालमेलसम्म गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.