सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तथ्याङ्कमा आधारित भएर शासन गर्नु नै सुशासन हो : योजना आयोगका उपाध्यक्ष पौडेल

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सरकारले तथ्याङ्क सङ्कलनको कामलाई गम्भीरतापूर्वक अगाडि बढाइरहेको बताउनुभएको छ । उपाध्यक्ष पौडेलले देशलाई सुशासनको बाटोबाट अगाडि बढाउन पनि सरकारले तथ्याङ्क सङ्कलनको कामलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घले आज शुक्रवार काठमाण्डौमा सार्वजनिक गरेको ‘इन्डस्ट्री स्टाटस रिर्पोट’ को सार्वजनिक गर्दै उहाँले केन्द्रीय तथ्याङ्क विभागलाई पनि यथार्थमा आधारित तथ्याङ्क सङ्कलनको काममा जोड दिन सचेत गराउनुभयो । उपाध्यक्ष पौडेलले तथ्याङ्कमा आधारित भएर शासन गर्नु नै सुशासन भएको स्मरण गराउँदै त्यस काममा उद्योगी, व्यवसायीहरूको पनि ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘तथ्याङ्कमा आधारित भएर शासन गर्नु नै सुशासन हो । हुकुमी शासनमा मात्रै तथ्याङ्कहरूको जरुरी पर्दैन । तथ्याङ्कमा आधारित भएर काम गर्नु भनेको राम्रो हो । म तथ्याङ्क विभागलाई पनि तथ्याङ्कको काम गर्न आग्रह गर्दछु ।’

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसङ्घका पूर्वअध्यक्ष सतीश मोरले उद्योग, व्यवसाय सञ्चालनका लागि विद्युतमा लगाइएको महसुल दर घटाउन सरकारसँग माग गर्नुभयो । उहाँले विद्युत् महसुल घटाउने काम सरकारले गरे नेपालको निर्यात व्यापारसमेत बढेर जाने बताउनुभयो ।

Dirghayu Ads

पूर्वअध्यक्ष मोरले विद्युत् महसुल सहुलियत दरमा सरकारले व्यवस्था गर्न नसक्दा नेपालले आयातित वस्तुमा निर्भर हुनुपर्ने अवस्था आएकोतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

नेपाल उद्योग परिसङ्घले औद्योगिक क्षेत्रको विकासका लागि सरकारले उद्योगहरू सञ्चालनका लागि उपयुक्त वातावरण निर्माण गर्नुपर्ने आवश्यक्ता औल्याउँदै आएको छ । देशको व्यापार घाटा कम गर्न र बेरोजगारी समस्या समाधान गर्न पनि सरकारले उद्योग व्यवसायमैत्री वातावरण निर्माणमा ढिलाइ गर्न नहुने पूर्वअध्यक्ष मोरको भनाइ थियो । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.